गौरीगंगामा बाघको खोजी तीव्र, जंगलमा क्यामेरा र ड्रोनबाट निगरानी
धनगढी, असोज १७ । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएपछि वन क्षेत्रमा बाघको खोजी तथा निगरानी तीव्र पारिएको छ।
बाघको आक्रमणबाट गौरीगंगा नगरपालिका–६ चरीडाँडाका करिब ३८÷४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएपछी हिजो बाटै जंगलमा खटिएको डिभिजन वन कार्यालय कैलाली र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को टोली आज पनी जंगलमै छन्।
डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत राम अवतार चौधरीका अनुसार बाघको गतिविधि पत्ता लगाउन गौरीगंगा क्षेत्रको जंगलमा क्यामेरा जडान गरिएको छ। एनटीएनसीको टोलीसमेत अनुसन्धानमा खटिएको छ।
अनुसन्धान क्रममा दमौलिया क्षेत्रमा भेटिएको पाइलाको छाप बाघकै भएको एनटीएनसीका विज्ञहरूले पुष्टि गरेको चौधरीले जानकारी दिए। सोही आधारमा बाघको सम्भावित आवागमन क्षेत्र पहिचान गर्दै खोजी तथा निगरानी अघि बढाइएको छ।
अनुसन्धान टोली अहिले जंगलमै रहेर बाघको गतिविधि नियालिरहेको छ। बाघको अवस्थिति पत्ता लगाउन ड्रोन क्यामेरासमेत प्रयोग भइरहेको वन अधिकृत चौधरीले बताए।
बिहीबार बिहान च्याउ टिप्न जंगल गएका कृष्ण चौधरीमाथि बाघले आक्रमण गरेको थियो। बिहान करिब ५ बजे भएको आक्रमणबारे ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी पुगेको थियो। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनापछि गौरीगंगा क्षेत्रका स्थानीयमा त्रास बढेको छ। वन क्षेत्रमा बाघको गतिविधि देखिएकाले स्थानीयलाई जंगल प्रवेश गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। वन कार्यालय र संरक्षणकर्मीको टोलीले बाघको गतिविधि, आवागमन र सम्भावित बासस्थानबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस