छ महिनापछि सडक मर्मत कार्य सुरु

बाजुरा, असोज १३। बाजुराको मार्तडी–कोल्टी सडकको मर्मत कार्य सुरु गरिएको छ । विगत छ महिनादेखि पहिरोले अवरुद्ध सडक दसैँ अगावै सुचारु गर्नेगरि मर्मत कार्य सुरु गरिएको छ । 

अविरल वर्षाका कारण पहिरो गएपछि गत जेठ महिनादेखि सो सडक अवरुद्ध बनेको थियो । वर्षाको समय पानी पर्न नरोकिएकोले मर्मत कार्यमा समस्या भएको हो । अहिले मौसममा सुधार भएसँगै सो सडकको पनि पुन मर्मत कार्य सुरु गरिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ । 

लामो समय देखि सडक सुचारु नहुँदा यहाँका स्थानीयले वर्खाको समय आउजाउ गर्न निकै सास्ती खेप्दै आएका छन् । अहिले सडक मर्मतको काम सुरु गरेसँगै उनीहरुमा पनि थप उत्साह जागेको छ । 

मार्तडी कोल्टी सडकमा गएको पहिरो सफा गरिएको छ । बाउली खोलामा पानीको बहाव बढी भएकोले त्यसमा गाडी वारपार हुन सकेको छैन । 

ठेकेदार कम्पनीले त्यसमा होमपाईप राख्ने काम भइरहेकोले अबका केही दिनभित्र मार्तडी–कोल्टी सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,

सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो

काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै

बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन

बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ

↑