आज विश्व मुटु दिवस, नेपालमा पनि मनाईंदै

काठमांडौ, असोज १३ । आज विश्व मुटु दिवस, नेपालमा पनि मनाईंदैछ ।

हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्व मुटु दिवस मनाउने गरिन्छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । ‘मुटुलाई धड्कन देउ’ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागिएको हो ।

यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयाघातका लक्षणबारे सचेत गराउनेतर्फ केन्द्रित छ । पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ । अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटुरोगको जोखिम बढ्दै गएको डाक्टरहरु बताउँछन् ।

सरकारी तथ्यांकअनुसार नेपालमा बर्सेनि १५ हजारभन्दा धेरै हृदयाघातका बिरामी थपिन्छन। सुगर, प्रेसर र अन्य रोग लागेको थाहा नपाउँदा त्यसको दबाब मुटुमा परेर हृदयाघात हुने गरेको छ। मुटु स्वस्थ राख्ने गतिविधिमा ध्यान पु¥याउनुपर्नेमा मुटु रोग विशेषज्ञको जोड छ ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा मुटुरोगबाट वार्षिक ३० हजारको ज्यान जाने गरेको छ। त्यसमध्ये १३ देखि ४५ वर्ष उमेर समूहका एकतिहाइ रहेका छन्। मुटुरोग विशेषज्ञहरूका अनुसार नेपालमा युवावस्थामै मुटु बिग्रने क्रम बढ्दो छ।

मुटुरोग जीवनशैलीसँग प्रत्यक्ष जोडिएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटुरोगको जोखिम धेरै घटाउन सकिने मुटुरोग विशेषज्ञ बताउँछन् ।
 

प्रतिकृया दिनुहोस

धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,

सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो

काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै

बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन

बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ

↑