ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी
काठमाण्डौ, असोज १६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ ।
विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागिएको बताउनुभयो ।
सेना, प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन् । यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनुभएको छ ।
उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यससम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस