बेलडाँडीमा अचेत अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु
बेलौरी, असोज १२ । कञ्चनपुरको बेलडाँडीमा अचेत अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । आइतबार राती बेलडाँडी गाउँपालिका २ क्याप नजिक अचेत अवस्थामा भेटिएका २७ वर्षीय महेश धामीको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याम्प नजिक सडक किनारमा अचेत अवस्थामा कृष्णपुर नगरपालिका – २ बङ्क घर भएका धामी भेटिएका थिए । सुरुवातमा पहिचान नखुले उनलाई स्थानीयले देखेपछि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्याएका थिए ।
गम्भीर अवस्थामा रहेका उनलाई सोमबार बिहान थप उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुवातमा युवकको हालसम्म समेत पहिचान खुल्न सकेको थिएन । बेलडाँडी प्रहरीका अनुसार धामी रोजगारीको क्रममा भारतमा थिए । धामी एक साता अघि मात्रै घर आएका थिए ।
धामीका आफन्त बेलडाँडी गाउँपालिका ५ झिलमिला बस्दै आएका थिए । यही बस्दै आएका धामीको परिवार त्यहाँ घरजग्गा बिक्री गरेर भारतमै बस्दै आएका थिए भने अस्थायी रूपमा बङ्कमा घर बनाइ बसिरहेका थिए ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस