डडेल्धुरामा सोमबार बिहानसम्म सवारी आवागमनमा रोक

डडेल्धुरा, असोज ११। निरन्तरको वर्षा र हावाहुरीका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लाभर सवारी साधनको आवागमनमा लगाएको रोक एक दिन थप गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान सात बजेदेखि आइतबार बिहान सात बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएकोमा पुनः आइतबार बिहान सात बजेदेखि सोमबार बिहान सात बजेसम्म रोक कायम रहने जनाएको हो।

प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आईतबार जारी गरेको सूचनामा जिल्लामा निरन्तर वर्षा भइरहेको तथा हावाहुरीसमेत चलिरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको उल्लेख छ।

प्रशासनले रोक लगाइएको अवधिमा आकस्मिक तथा अत्यावश्यक अवस्था परे जिल्ला प्रशासन कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै सुरक्षित साथ रहन र सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
 

प्रतिकृया दिनुहोस

धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,

सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो

काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै

बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन

बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ

↑