बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा, भाद्र ८ । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम मार्तडीस्थित मालिका मन्दिर पूजाआजा गरी सरकारी टोली सोमबार त्यसतर्फ लागेको हो । सुरक्षाकर्मीको सलामी, बाजागाजासहित, फूलमालामा सजिएका जमराको टोकरी शिरमा राखेर पञ्चकन्या र महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन् ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरासहितको एकीकृत रुपमा सरकारी टोली बडीमालिकातर्फ गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रमुखको नेतृत्वमा नै टोली गएकाले बडीमालिकामा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याइएको बताए । बुढीनन्दामा भने आइतबार नै जिल्लाको सरकारी टोली हिडिसकेको छ । बडीमालिका र बुढीनन्दा दुवै धार्मिक शक्तिपीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने मान्यता छ । जिल्लाको टोली बडीमालिका प्रस्थान गरेको अवसरमा सोमबार नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरेको नगरपालिका प्रमुख खड्काले जानकारी दिए। बडीमालिका, बुढीनन्दासहित जिल्लाका दर्जन बढी धार्मिक शक्तिपीठमा हरेक वर्ष मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन हुने परम्परा छ । आफ्नो मनोकाङ्क्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्तिपीठमा भक्तजनले पूजापाठ गर्ने प्रचलन छ ।

बडीमालिका पूजाका लागि डोटी, जुम्ला र कालिकोटसहित कैलालीको धनगढी उपमहानगरपालिकाको सरकारी टोलीसमेत यसअघि नै प्रस्थान गरिसकेको छ । यस्तै बडीमालिका भगवतीको पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आइतबार पूजा सामग्रीसहित सरकारी टोली पठाएको छ ।

बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले मुख्य पूजा यहीँ भदौ ११ गते हुनेछ । भक्तजनको चाप बढ्न थालेपछि एकैदिन पूजा गर्न नसकिने भन्दै भदौ १ गतेबाट नै पूजा प्रारम्भ गरिएको नगरप्रमुख खड्काले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै महिलाको मृत्यु

कैलाली, भाद्र ७ । कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले

चिफ्ले झरनामा खसेर बेपत्ता भएका डडेल्धुराका युवक मृत फेला

डडेल्धुरा, भाद्र ७ । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो

कैलालीको चिफ्ले झरनामा चिप्लिएर एक युवक बेपत्ता

अत्तरिया, भाद्र ७ । कैलालीको चुरे गाउँपालिका–५ स्थित सुरुगडा चिफ्ले झरनामा चिप्लिएर डडेल्धुराका एक युवक बेपत्ता भएका छन् । शनिबार फोटो खिच्ने