साइकलमा सामान बोकेर आत्मनिर्भर बन्दै ६२ वर्षीय नुर
भारतबाट नेपाल आएर ३७ वर्षदेखि साना सामानको व्यापार, यही कमाइले चल्छ घरखर्च
डडेल्धुरा, भाद्र ३ । डडेल्धुरा सदरमुकामको बजारमा बिहानै साइकलमा विभिन्न सामान झुन्ड्याएर हिँडिरहेका एक वृद्ध देखिन्छन्। उमेरले ६२ वर्ष पुगे पनि उनको दैनिकी भने अझै सक्रिय छ। उनी हुन्, भारतको पश्चिम मङ्गलका नुर, जसले आफ्नो जीवनको ठूलो हिस्सा साना सामानको व्यापार गर्दै बिताइरहेका छन।
नुर २५ वर्षको उमेरमा डडेल्धुरा आएका हुन। त्यसयता उनले जिल्लाका विभिन्न ठाउँमा पुगेर बालबालिकाका खेलौना, घरायसी प्रयोजनका साना सामग्रीलगायतका सामान बिक्री गर्दै आएका छन। केही समय जिल्लाका विभिन्न स्थानमा घुमेर व्यापार गर्नुभएका नुरले पछिल्लो छ वर्षदेखि भने डडेल्धुरा सदरमुकाममै नियमित रूपमा यही व्यवसाय गर्दै आएका छन।
उनले बिक्री गर्ने सामानहरू वीरगञ्ज, काठमांडौ तथा धनगढीबाट ल्याउने गर्छन। सामान खरिद गरेर साइकलमा सजाउने र दिनभर बजारमा बिक्री गर्ने उनँको काम सरल देखिए पनि यही व्यवसायले वर्षौंदेखि उनँको जीवन धानिरहेको छ।
बिहान करिब ८ बजेदेखि सुरु हुने उनको व्यापार साँझसम्मै चल्छ। साइकलमा सामानहरू झुन्ड्याएर बजारका विभिन्न ठाउँमा पुग्नु, ग्राहक खोज्नु र सामान बिक्री गर्नु उहाँको दैनिकि नै बनेको छ। व्यापारबाट दैनिक करिब २ हजार देखि २५०० रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन।
यही आम्दानीबाट आफ्नो घरखर्च चलाउँदै आएका नुर आफ्नो व्यवसायप्रति सन्तुष्ट छन। नेपालका धेरै युवाहरू रोजगारीको खोजीमा भारत तथा तेस्रो मुलुक जाने क्रम बढिरहेका बेला नुर भने भारतबाट नेपाल आएर यहीँ श्रम गरिरहेका छन। उमेरले ६२ वर्ष पुगे पनि उनीमा काम गर्ने उत्साह अझै घटेको छैन।
बजारमा धेरै ठूलो लगानी गरेर व्यापार गर्न नसके पनि सानो व्यवसायबाट निरन्तर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन नुर। वर्षौँदेखि डडेल्धुरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनलाई अहिले यहाँको बजार र ग्राहक पनि परिचित भइसकेका छन्। उमेरले विश्राम खोज्ने बेला नुर भने हरेक बिहान साइकलमा सामान सजाएर बजारतिर निस्किने गर्छन। दिनभरको मेहनतपछि हुने केही सय रुपैयाँको आम्दानी नै उनका लागि महत्वपूर्ण छ।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता











प्रतिकृया दिनुहोस