सुदूरपश्चिम प्रदेश सरकारको पेटारो टोली बडीमालिका प्रस्थान
धनगढी, भाद्र ७ । सुदूरपश्चिम प्रदेश सरकारको परम्परागत पेटारो टोली बडीमालिकातर्फ प्रस्थान गरेको छ। मुख्यमन्त्री खगराज भट्टले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा बडीमालिका भगवतीको पूजाआजा गरेपछि परम्परागत पेटारो टोली बडीमालिकातर्फ प्रस्थान गरेको हो। प्रदेश सरकारका मन्त्रीहरूको उपस्थितिमा मुख्यमन्त्री भट्टले विधिपूर्वक पूजाअर्चना गर्नुभएको थियो।
पेटारोमा बडीमालिका भगवतीलाई चढाइने विशेष धार्मिक पूजासामग्री समावेश गरिने र सरकारी पूजा टोलीले पैदलयात्रामार्फत बडीमालिका पुगेर विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ।
बडीमालिकाको पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली यसअघि नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। प्रदेश सरकारको सरकारी टोली भने आइतबार त्यसतर्फ गएको मुख्यमन्त्री भट्टको निजी सचिवालयले जनाएको छ।
बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
बाजुरा, भाद्र ८ । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम
अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै महिलाको मृत्यु
कैलाली, भाद्र ७ । कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले
चिफ्ले झरनामा खसेर बेपत्ता भएका डडेल्धुराका युवक मृत फेला
डडेल्धुरा, भाद्र ७ । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो









प्रतिकृया दिनुहोस