कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ : मन्त्री रावल
धनगढी, भाद्र ६ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएर काम गरिरहेको बताएकी छिन । मन्त्री रावलले सम्पूर्ण भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने कार्यलाई सरकारले अभियानका रुपमा अघि बढाएको बताइन ।
शनिबार धनगढीमा भूमि समस्या समाधान समिति कैलालीको बैठकमा मन्त्री रावलले ६ सय दिन भित्र लालपुर्जा वितरण गरिसक्ने सरकारी लक्ष्य रहेकाले भूमि सम्बन्धी कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइन ।
भूमि समस्या समाधान कार्यका लागी सरकारले आवश्यक स्रोत साधन, जनशक्ति उपलब्ध गराउने भन्दै उनले स्थानीय तहसँग समन्वय गरि अघि बढ्नु पर्नेमा जोड दिइन । मन्त्री रावलले कैलालीमा चाडै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको बताइन ।
अर्को प्रसङ्गमा मन्त्री रावलले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने काम सुरुवाती भइसकेको बताइन । सरकारले हाल सम्म ४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता गरेको उनले बताइन । मन्त्री रावल कैलाली र कञ्चनपुर जिल्लाको भ्रमणका लागि शनिबार धनगढी पुगेकी छन ।
बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान
बाजुरा, भाद्र ८ । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम
अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै महिलाको मृत्यु
कैलाली, भाद्र ७ । कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले
चिफ्ले झरनामा खसेर बेपत्ता भएका डडेल्धुराका युवक मृत फेला
डडेल्धुरा, भाद्र ७ । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो









प्रतिकृया दिनुहोस