सुदूरपश्चिममा मन्त्रिपरिषद्ले पायो पूर्णता

धनगढी, भाद्र ५। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद्‌लाई पूर्णता दिएका छन् । शुक्रबार राति दुई राज्यमन्त्रीसहित पाँच जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

मुख्यमन्त्रीले नेकपाका सांसदहरु ओमबिक्रम भाटलाई भौतिक पूर्वाधार, प्रकाशबहादुर रावललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, खुसीराम चौधरी आन्तरिक मामिलामन्त्री नियुक्त गरेका हुन् । साथै नेकपाकै जानकी कुँवर भौतिक पूर्वाधार र इन्दिरा गिरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्री नियुक्त भएका छन्। 

यसअघि मुख्यमन्त्री भट्टले आफ्नो शपथसँगै एमालेबाट एक जना राज्यमन्त्रीसहित चार जना मन्त्री नियुक्त गरेका थिए । यससँगै अब सुदूरपश्चिममा मुख्यमन्त्री, तीन राज्यमन्त्रीसहित १० जना मन्त्री भएका छन् ।  

शुक्रबार नवनियुक्त मन्त्री, राज्यमन्त्रीहरुले प्रदेश प्रमुख प्रदेशमा शुक्रबार राति नै शपथ लिएका छन् । 

प्रतिकृया दिनुहोस

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य

महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात

कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय

प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम

बैतडी, भाद्र ५ । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको