प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम
बैतडी, भाद्र ५ । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको छ । जिल्लाका पुर्चौडी र मेलौलीमा इलाका प्रशासन कार्यालयबाट नियमित सेवा प्रवाह हुन थालेपछि स्थानीयस्तरमै प्रशासनिक सेवा उपलब्ध हुन थालेको छ ।
जिल्ला सदरमुकामबाट करिब एक सय किलोमिटर टाढा रहेको पुर्चौडीका नागरिक यसअघि सामान्य प्रशासनिक कामका लागि पनि सदरमुकाम पुग्नु बाध्य थिए । लामो दुरीको यात्रा, यातायात खर्च तथा काम नसकिए सदरमुकाममै बस्नुपर्ने अवस्थाले नागरिकलाई आर्थिक बोझ र समयको भार थपेको थियो ।
अहिले भने इलाका प्रशासन कार्यालयबाटै सेवा उपलब्ध हुन थालेपछि उक्त बाध्यता व्रmमशः हट्दै गएको स्थानीयवासी बताउँछन् ।
२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय पुर्चौडीले हालसम्म ११ हजार ४१५ वटा नयाँ नागरिकता र चार हजार ५१२ वटा नागरिकताको प्रतिलिपि वितरण गरेको कार्यालय प्रमुख उत्तम कटुवालले जानकारी दिनुभयो । विगतमा कर्मचारी अभाव तथा प्राविधिक समस्याका कारण सेवा प्रभावित हुने गरेको भए पनि पछिल्लो समय कार्यालयबाट नियमित र निरन्तर सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।
इलाका प्रशासन कार्यालयबाट सेवा पाउन थालेपछि प्रशासनिक काम निकै सहज भएको पुर्चौडी नगरपालिका–७ की बबिता रतुकीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतमा नागरिकता तथा अन्य कामका लागि सदरमुकाम पुग्नु पथ्र्यो । एकै दिनमा काम नसकिए त्यहीँ बस्नुपर्ने अवस्था हुन्थ्यो । अहिले गाउँनजिकैबाटै सबै काम हुन थालेपछि धेरै सहज भएको छ ।”
पुर्चौडीमा मात्र नभई जिल्लाको तल्लो स्वराड क्षेत्रका नागरिकलाई पनि प्रशासनिक सेवा लिन सहज भएको छ । तल्लो स्वराड क्षेत्रलाई लक्षित गरी गत वैशाख २४ गते स्थापना भएको इलाका प्रशासन कार्यालय मेलौलीले स्थापनाको चार महिनामै स्थानीयलाई नियमित सेवा दिन थालेको छ ।
कार्यालयबाट हालसम्म एक हजार ७७ वटा नयाँ नागरिकता जारी गरिएको कार्यालय प्रमुख महेश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार ३३८ वटा नागरिकताको प्रतिलिपि वितरण, एक हजार ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता र ९२ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।
उहाँले कार्यालयमा आएका ५६ वटा नागरिक गुनासोसमेत सम्बोधन गरिएको बताउनुभयो । स्थानीय सरकार तथा सरोकारवालाको सहभागितामा चार पटक बजार अनुगमनसमेत गरिएको प्रमुख भट्टले जानकारी दिनुभयो ।
भौगोलिक रूपमा विकट र सदरमुकामबाट टाढा रहेका क्षेत्रका नागरिकलाई लक्षित गरी इलाका प्रशासन कार्यालयबाट सेवा विस्तार भएपछि स्थानीयले आफूहरूको प्रशासनिक सेवामा पहुँच बढेको अनुभूति गर्न थालेका छन् ।
गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ
काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य
महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात
कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय
सुदूरपश्चिम भ्रमणमा आउँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल
कञ्चनपुर, भाद्र ५ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिम प्रदेशको








.jpeg)


प्रतिकृया दिनुहोस