गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

बाराकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा सांसदहरूले सरकारसँग जवाफ मागेका छन्।

काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरू पूजा चौधरी, रुक्मिणी कोइराला, रेणु चन्दलगायतले यसबारे सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।

‘सरकारलाई प्रश्न छ, बच्ची हराएको सूचना गराउँदै गराउँदै पनि प्रहरीले बेलैमा किन एक्सन लिएन ?’ सांसद चन्दले सोधिन्। 

सांसदहरूले यो घटनामा दोषी रहेकालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

यो घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परिसकेका छन्। प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका १ दसधुरे टोलीकी तीन वर्षीया बालिका गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् । उनको शव तीन दिनपछि छिमेकीको घरमा भेटिएको थियो।

गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन्। प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए ।

यसमा संलग्न रहेको आरोपमा छिमेकी १६ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती किशोरको बयानका आधारमा २४ वर्षीय प्रोग्रेश चौधरी पनि पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस

महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात

कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय

प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम

बैतडी, भाद्र ५ । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको

सुदूरपश्चिम भ्रमणमा आउँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल

कञ्चनपुर, भाद्र ५ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिम प्रदेशको