सुदूरपश्चिम भ्रमणमा आउँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल

कञ्चनपुर, भाद्र ५ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउने भएकी छन्। मन्त्री रावल भदौ ६ गते बिहान ८ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको छ।

धनगढी पुगेपछि उनले कैलालीका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। त्यसपछि धनगढी उपमहानगरपालिकाको अनुगमन गरी साँझ महेन्द्रनगर आउने कार्यतालिका छ।

भदौ ७ गते बिहान मन्त्री रावलले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्नेछिन्। दिउँसो उनले भीमदत्त, बेदकोट र दोधाराचाँदनी नगरपालिकाको अनुगमन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, भदौ ९ गते बिहान १० बजेदेखि १२ बजेसम्म डडेल्धुराका प्रमुख जिल्ला अधिकारी, मालपोत र नापी कार्यालयका प्रमुखसँग छलफल गर्ने कार्यक्रम छ। दिउँसो अमरगढी नगरपालिकाको अनुगमन गरेपछि मन्त्री रावल साँझ महेन्द्रनगर फर्किने कार्यतालिका रहेको छ।
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा मन्त्रिपरिषद्ले पायो पूर्णता

धनगढी, भाद्र ५। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद्‌लाई पूर्णता दिएका छन् । शुक्रबार राति दुई राज्यमन्त्रीसहित पाँच जना

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य

महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात

कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय