बैतडीका ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक
बैतडी, भाद्र ३। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी वर्षा हुने तथा मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बैतडीमा भारी वर्षाको जोखिम रहेकाले ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । भदौ २ गते मंगलबार बेलुका ७ बजेदेखि भदौ ४ गते बिहीबार बिहान ५ बजेसम्म ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताइन।
पक्की सडकमा समेत सावधानीपूर्वक सवारी सञ्चालन गर्न र सतर्कता अपनाउन सबै सवारी चालकलाई अनुरोध गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १ गते आइतबारदेखि भदौ ३ गते बुधबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने र मनसुनजन्य प्रकोपका कारण विपद्को जोखिम हुन सक्ने जनाएको छ। सोही अवस्थालाई मध्यनजर गर्दै बैतडीलाई समेत जोखिमपूर्ण जिल्लाका रूपमा राखिएकाले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय बैतडीले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहीबार बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। विशेषगरी नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले खोलानदी नजिक नजानसमेत प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी मीना अर्यालद्वारा जारी सूचनामा सम्भावित विपद्का घटनाबाट जोगिन नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस