बाजुराको ताम्सुका पहिरो पीडितलाई राहत सहयोग

बाजुरा, भदौ २। जिल्लाको त्रिवेणी नगरपालिका –९ ताम्सुका बाढीपहिरो पीडितलाई यतिबेला राहत वितरण गर्ने काम भइरहेको छ । 

गत साउन २८ गते राति परेको अविरल वर्षाका कारण यहाँको ताम्सुको गाउँमाथिबाट आएको पहिरोले दुई  पूर्ण क्षति हुनुका साथै अन्य ५८ घर जोखिममा परेका थिए । 

त्रिवेणी नगरपालिकाले यतिबेला ती पहिरोमा पीडित भएका परिवारलाई धमाधम राहत वितरण गरिरहेको छ । जिल्लाको अन्य गैर सरकारी तथा सरकारी कार्यालयसँग समन्य गर्दै पालिकाले यतिबेला राहत वितरण गरेको हो ।  

पूर्ण क्षति भएको कर्ण थापा र धर्म थापा लयागतका परिवारलाई चामल, नुन तेल, साबुन भाँडा लुगा कपडा लगायतका दैनिक खाद्यान्न उपभोग्य सामग्री वितरण गरेको त्रिवोणी नगरपालिकाले जनाएको छ । 

यहाँका अन्य जोखिममा परेका परिवारलाई टेन्ट र त्रिपाल वितरण गरेको त्रिवेणी नगरपालिकाका सूचना अधिकारी नरेशराज पन्तले बताउनुभयो । 

यहाँ दुई परिवारको धन सम्पती सबै पूर्णरुपमा क्षति भएकाले उनीहरुलाई बस्ने टेन्ट खाने कुरा लगाउने लुगा खाना पकाउने ग्याँस चुलो दाल चामल नुन तेलको सबै व्यवस्था गरेको छ । अन्य परिवारलाई अहिले तत्काल त्रिपालको मात्र व्यवस्था गरेको सूचना अधिकारी पन्तले बताउनुभयो । 

साउन २८ गते राति गाउँमाथि देखिआएको पहिरोमा परी यहाँ २० वर्षीय प्रतिक्षा थापाको ज्यान गएको थियो । अन्य धर्म र धौली थापा गरी दुई जना घाइते भएका थिए । घाइतेको अहिले धनगढीमा उपचार भइरहेको छ । यहाँका स्थानीयलाई पहिरोको जोखिममा परेकोले उनीहरुलाई अहिले यहाँको विद्यालय र सहकारीको भवनमा व्यवस्था गर्दै आएको त्रिवेणी नगरपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता