डडेल्धुरा लगायत सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै
डडेल्धुरा : डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ । वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर ओल्केको दिन पहाडी समुदायले सद्भाव बाँड्ने चलन रहेको संस्कृतिका जानकार मुरलिधर अवस्थिले बताउनुभयो ।
उहाँका अनुसार ओल्के भन्नाले आफ्ना मान्यजनलाई सम्मान गर्नु हो भन्ने बुझिन्छ । यो पर्वको दिन विभिन्न देवस्थलहरुमा देवताको आह्वानस्वरुप चैत–धमारीको शुभारम्भ हुने गर्दछ । ओल्केको दिन बूढी (पुतनाको प्रतिक) बाँड्ने चलन पनि रहेको छ ।
विभिन्न वनस्पति, हरियो साग आफन्त, मान्यजनका घरमा दिएर आदरभाव प्रकट गर्ने गरिन्छ । विशेष गरेर मान्यजनलाई पिडालुका पात, काँक्रा, भण्टा, मुला तथा हरियो सागपात उपहार दिने गरिन्छ ।
ओल्केको दिन डोटेली संस्कृतिमा फाँणो भात, गतानी डुब्का, भक्के रोटो खाने र रमाइलो गरी नाचगान गर्ने प्रचलन पनि रहेको छ । समग्रमा आसुरी (राक्षसी) प्रवृतिको विनास गरी सत्यको पक्ष स्वीकार गर्ने चलनको रुपमा सुदूरपश्चिमका पहाडी समुदायले ओल्के त्यार मनाउँदै आएको अवस्थिले बताउनुभयो ।
यो पर्वको दिन गाउँ नजिकै चौबाटोमा गइ सल्लाको लिङ्गो समेत गाँड्ने गरिन्छ । जसलाई बूढी हाल्ने भनिन्छ । ओल्केको दिन गाडिएको लिङ्गो कतै भाद्र मसान्त र कतै असोज १ गते जलाउने चलन छ । भदौ मसान्तमा जलाउने लिङ्गोलाई ‘बूढी पोल्ने’ भन्ने गरिन्छ । विगतमा वर्षा याममा दादुरा, झाडापखाला, लुतो, हैजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के त्यार मनाउँदै आएको बताइएको छ ।
साउन महिनाको समाप्ति भइ भाद्र महिना प्रारम्भ भएसंगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको अमरगढी नगरपालिका ३ का ७८ बर्षिय खगेस्वरी साउँदले बताउनुभयो ।
पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ । ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको उहाँले उल्लेख गर्नुभयो ।
सुदूरपश्चिममा मन्त्रिपरिषद्ले पायो पूर्णता
धनगढी, भाद्र ५। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार राति दुई राज्यमन्त्रीसहित पाँच जना
गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ
काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य
महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात
कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय








.jpeg)


प्रतिकृया दिनुहोस