बाजुरामा रैथाने बाली सङ्कटमा 

बाजुरा, साउन ३१। बाजुरामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो, मार्से र फापर जस्ता अन्नबाली पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन्। औषधीय गुण र अग्र्यानिक खानाका रूपमा देशभरका ठूला सहरहरूमा माग तीव्र रूपमा बढिरहेको भए पनि गाउँस्तरमा उत्पादन भने लगातार घट्दै गएको छ।

कुनै समय बाजुराका प्रायः प्रत्येक गाउँमा प्रशस्त मात्रामा उत्पादन हुने कागुनो, झुमरो र मार्से अहिले फाटफुट बाहेक देखिन छाडेको छ। त्यस्तै, जिल्लाका हिमाली भेगमा लगाइने फापर, चिनो र उवा समेत बिस्तारै हराउँदै गएको स्थानीयको भनाइ छ। उत्पादन घटेसँगै बजारमा अभाव बढ्दा अहिले जिल्लामै यी अन्नबाली पाउन मुस्किल हुन थालेको छ।

बडिमालिका नगरपालिका–५ का कृषक कविराज साउदका अनुसार पहिले गाउँमै ठेकेदारहरू आएर यी अन्नबाली खरिद गर्ने गरेका थिए। परम्परागत खेती प्रणालीबाट जीविकोपार्जन गर्न कठिन हुँदै जाँदा धेरै कृषकले यस्ता अन्नबाली लगाउनै छाडेका छन्।

कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख प्रेम न्यौपानेका अनुसार कागुनो, झुमरो, फापर र चिनु जस्ता परम्परागत अन्नबालीको बजार माग उच्च रहे पनि उत्पादन घट्दै जाँदा लोप हुने जोखिम बढेको छ। उत्पादन वृद्धि र संरक्षणका लागि थप प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा कृषि ज्ञान केन्द्र बाजुरा रहेको उहाँको भनाइ छ।

कृषि प्राविधिकका अनुसार यी अन्नबाली पोषणयुक्त, औषधीय गुणले भरिपूर्ण र जलवायु अनुकूल खेतीका रूपमा चिनिन्छन्। तर युवा पुस्ताको खेतीप्रति घट्दो रुचि, वैकल्पिक आम्दानीका साधनको अभाव र सरकारी सहयोग प्रभावकारी नहुनुका कारण उत्पादन घट्दै गएको हो। 
 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता