वर्षौँदेखि अनिश्चित बनेको बूढीगंगा आयोजनामा निर्माण तयारी तीव्र

अछाम, साउन २३। तीन पटकसम्म ठेक्का प्रक्रिया रद्द भएर वर्षौँदेखि अनिश्चित बनेको २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजना अन्ततः निर्माण प्रक्रियामा गएसँगै अछामको साँफेबगर क्षेत्रमा यसको चहलपहल बढेको छ ।

०८२ भदौ २९ गते ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडेलमा चिनियाँ कम्पनी सुपर पावर इन्जिनियरिङ कन्स्ट्रक्सन र नेपाली कम्पनी बानियाँ निर्माण सेवा प्रालि (मकवानपुर) बीच ठेक्का सम्झौता भएपछि अहिले आयोजनास्थलमा भौतिक निर्माणको पूर्व तयारी र प्रशासनिक कामले तीव्रता पाएका छन् ।

४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले प्राविधिक टोली र आवश्यक जनशक्तिलाई फिल्डमा परिचालन गरिसकेको छ । लामो समयको प्रतीक्षापछि सुरु भएको यस आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्नका लागि हाल मुख्य संरचनाअन्तर्गत बाँध निर्माण क्षेत्र (हेडवर्क) मा प्रारम्भिक कार्यहरू अगाडि बढिसकेका छन् । आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन स्वीकृतिको प्रक्रियालाई समेत सँगसँगै अगाडि बढाइएको छ । जसले गर्दा डिजाइन स्वीकृत हुनासाथ मुख्य निर्माण कार्य पूर्ण क्षमतामा अघि बढ्न सक्ने बूढीगंगा जलविद्युत् आयोजना प्रमुख सुरेन्द्र घिमिरेले बताए । उनका अनुसार आयोजनाको समग्र रूपरेखा (ले–आउट) को डिजाइन फाइनल भइसकेको छ । 

आयोजनाको सुरुङ मार्ग निर्माण तथा अन्य पहाडी भूभाग कटानका लागि आवश्यक पर्ने ब्लास्टिङ सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढिसकेको आयोजना प्रमुख घिमिरेले बताए । उनका अनुसार आयोजनास्थलमा सुरक्षा र ब्लास्टिङ सामग्रीको रेखदेखका लागि नेपाली सेनाको क्याम्प पूर्ण रूपमा तयारी अवस्थामा राखिएको छ । इकान्तिपुरबाट

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता