बाजुराको कोल्टी बसपार्क रित्तै 

बाजुरा, साउन १९। बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कोल्टी बसपार्क रित्तै छ  । हिउँदमा दैनिक कोल्टी पुग्ने गरेका बस अहिले सदरमुकाम मार्तडीमा रोकिन थालेपछि बसपार्क रित्तै भएको हो । हिउँदमा घरको आँगनबाटै बस चढ्ने गरेका यहाँका स्थानीयवासी अहिले भने चार घण्टासम्म पदैल हिँड्दै मार्तडीमा पुग्न बाध्य छन् । 

बुढीनन्दा नगरपालिका–७ का डम्मर विक कोल्टी आउने बस मार्तडीमै रोकिएपछि पैदल नै मार्तडी आउजाउ गर्नु परेको बताउनुहुन्छ । जबसम्म मार्तडीबाट कोल्टी सडकको बिच बिचमा पर्ने खोलामा पुल बन्दैन र सडक कालोपत्रे हुँदैन तबसम्म नियमित रूपमा बस कोल्टीमा सञ्चालन नहुने विकको भनाइ छ । बर्सातमा जिल्लाका नौ वटै स्थानीय तहका सबै ग्रामीण सडक अवरुद्ध हुन्छन् । हिउँद लागेपछि स्थानीय तहले मर्मत गरेपछि यातायातका साधन सञ्चालन हुने गर्छन् । 

कर्णाली कोरिडोर सडकमा भने बससेवा सञ्चालन हुँदै आएका छन् । यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका स्थानीय अहिले सोही सडकमा बस चढेर नेपालगन्ज र काठमाडौँलगायतका सहरमा आउजाउ गर्ने गर्छन् । बुढीनन्दा नगरपालिकाका स्थानीयलाई भने कोल्टी बसपार्क सहज हुन्छ । उनीहरू कोल्टीबाट मार्तडी हुँदै धनगढी, नेपालगन्ज, काठमाडौँ आउजाउ गर्ने गर्छन् । 

२०७८ सालको असारमै निर्माण पूरा गर्ने गरेर २०७६ असारमा मार्तडी कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोड रुपियाँमा बानियाँ कोटेश्वर जेभी प्रालिले जिम्मा लिएको थियो ।   
 

प्रतिकृया दिनुहोस

धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,

सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो

काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै

बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन

बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ

↑