धनगढीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा
धनगढी, साउन १९। कैलालीको धनगढीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । दैनिक २२ टन फोहोर व्यवस्थापन गर्न सकिने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो । धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वनक्षेत्रको २२ हेक्टर जमिनमा यो केन्द्र निर्माण भइरहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको इन्जिनियर अशोक पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब डेढ प्रतिशत जति तटबन्धन निर्माण, पाँच प्रतिशत ट्रस लगाउने र फोहोर बोक्ने गाडी खरिद बाँकी रहेको छ । बाँकी रहेको आठ प्रतिशत काम तीन महिनाभित्रै पूरा हुने उहाँले बताउनुभयो । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि दुई हजार ६०३ रुख काटिएको थियो ।
चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले करिब ९६ करोड रुपियाँ लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ । २०२४ अप्रिलमा ठेक्का भई फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु गरिएको थियो । २०२६ अप्रिलसम्म निर्माण समायवधि तोकिए पनि थप कामको भेरिएसन प्रमाणीकरण भएपछि छ महिना म्याद थप गरिएको छ । अक्टोबरसम्म निर्माण समायवधि रहेको इन्जिनियर पाण्डेले उल्लेख गर्नुभयो ।
फोहोरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहोर छुट्याएर व्यवस्थापन गरिने जनाइएको छ । दिसाजन्य फोहोरलाई छुट्टै रहेको सक्सेन मेसिनमा व्यवस्थापन गर्ने बताइएको छ । त्यसलाई ३० दिनसम्म त्यहाँ राखेर छुट्टिएको ठोसलाई मलका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ । दिसाजन्य फोहोर प्रत्येक दिन २८ घनमिटर व्यवस्थापन गर्न सकिने जानकारी दिइएको छ ।
यस्तै उपयोगहीन फोहोरलाई सेलमा व्यवस्थापन गर्दै प्रत्येक दिन निश्चित तह बनाउने र माटोले पुर्ने काम हुने जनाइएको छ । काम नलाग्ने फोहोर व्यवस्थापनका लागि छ वटा सेल निर्माण गरिएको छ । कुहिने, नकुहिने फोहोरमैला व्यवस्थापनबाट निस्केको तरल पदार्थलाई प्रशोधन गर्ने र जलीय जीवलाई असर नगर्ने बनाएर खुटिया नदीमा फाल्ने जनाइएको छ । बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी), केमिकल अक्सिजन डिमान्ड (सिओडी) र पिएच जाँच गरेर जलीय जीवलाई असर नगर्ने प्रमाणित गरेर मात्रै नदीमा तरल फालिने निर्माण कम्पनीको जिकिर छ । तरल प्रशोधनका लागि २८ घनमिटरको पोखरी निर्माण गरिएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रका कारण दुर्गन्ध नहुने र आसपासका बस्तीलाई कुनै पनि असर नगर्ने जनाइएको छ । पाण्डेयका अनुसार यो फोहोरमैला व्यवस्थापन केन्द्रले ३० वर्षसम्म धान्ने छ । ३० वर्षसम्म फोहोरमैला व्यवस्थापन गर्दा त्यहाँ अग्लो डाँडा बन्ने जनाइएको छ । त्यसपछि उक्त स्थानमा वृक्षरोपण गरेर पुनः जङ्गल वा चिल्ड्रेन पार्क बनाउन सकिने इन्जिनियर पाण्डेयले बताउनुभयो । निर्माण कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी तीन वर्षसम्म आफैँले सञ्चालन गरेर मात्रै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ ।
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै
बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन
बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ











प्रतिकृया दिनुहोस