बैतडीको सिगासमा वडा सचिव नहुँदा सेवाग्राहीलाई समस्या

बैतडी, साउन १९। बैतडीको सिगास गाउँपालिकाका विभिन्न वडामा दरबन्दीअनुसार वडा सचिव नहुँदा नियमित प्रशासनिक काम तथा सेवा प्रवाहमा समस्या देखिएको छ। वडा कार्यालयमा आवश्यक जनशक्ति अभाव हुँदा स्थानीय तहबाट प्रवाह हुने सेवा प्रभावित भएको सेवाग्राहीले गुनासो गरेका छन्।

गाउँपालिकाका ९ ओटै वडामा वडा सचिवको दरबन्दी रहे पनि सोअनुसार स्थायी कर्मचारी नहुँदा गाउँपालिकाका सबै वडा कार्यालयको काम करारमा कार्यरत तथा अन्य कर्मचारीमार्फत सञ्चालन गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर बोहराले बताउनुभयो । वडा कार्यालयमा वडा सचिव नहुँदा नागरिकता सिफारिस, जन्म, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइ, सामाजिक सुरक्षा भत्ता नवीकरण  तथा सिफारिस लगायतका दैनिक प्रशासनिक काममा कठिनाइ हुने गरेको बताइएको छ ।         

बैतडीको दुर्गम भौगोलिक अवस्था रहेको सिगास गाउँपालिकामा वडा कार्यालयबाट सहज र छिटो सेवा पाउन नसक्दा सर्वसाधारण थप समस्यामा पर्ने गरेका छन्। गाउँपालिकाका ९ वटा वडामध्ये सात वटा वडामा करारका कर्मचारीहरूले वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा तहसम्मै स्वीकृत दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग रहेको छ। 
 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता