असिग्राम आधारभुत विद्यालयमा बिषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या 

डडेल्धुरा : डडेल्धुरा को असिग्राम आधारभुत विद्यालयमा बिषयगत शिक्षक नहुँदा समस्या भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित सो विद्यालयमा बिषयगत शिक्षक नहुँदा समस्या भएको विद्यालयले जनाएको छ । 

विद्यालयमा सरकारी दरवन्दी नभएको र शिक्षण सहयोग अनुदान भनेर गाउँपालिकाले दिएको विज्ञापन ५ पटकसम्म खोल्दा पनि कसैको दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक यज्ञ बहादुर खडायतले बताउनुभयो ।  

उहाँका अनुसार विद्यालयमा प्रावितर्फ चार दरवन्दी भएपनि आधारभुततर्फ राहत दरवन्दी एउटा मात्रै इङ्लिस बिषयको रहेको छ । विज्ञान र गणीत बिषयका बिद्यार्थीहरुका लागि अन्य बिषयका शिक्षकहरुबाट काम चलाइरहेको उहाँले बताउनुभयो । बिषयगत शिक्षक नहुँदा पठनपाठनमा अवरोध भएको उहाँले बताउनुभयो । यस्तै उहाँले विद्यालयमा बिद्यार्थीको संख्या समेत घट्दै गएको जानकारी दिनुभयो । 

केहि बर्ष पहिले ३ सय ४८ जना बिद्यार्थी रहेकामा अहिले त्यो संख्या घटेर १ सय ३३ जना विद्यार्थी रहेका छन । पछिल्लो समय शिक्षाको गुणस्तर घट्दै गएको अवस्थामा शिक्षकहरुले आ–आफ्नो जिम्मेवारी वहन र बिषयगत शिक्षकहरु विद्यालयमा भइदिए पढाइको गुणस्तर सुधार हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा बालबिकासदेखी कक्षा ८ सम्म पढाई भइरहेको समेत प्रधानाध्यापक खडायतले बताउनुभयो ।   
 

प्रतिकृया दिनुहोस

सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

कञ्चनपुर, साउन १३ । स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका

डडेल्धुरामा वार्षिक १२ हजार केजी च्याउँ उत्पादन हुँदै

डडेल्धुरा : प्रथम च्याउ दिवसको अवसरमा डडेल्धुरामा च्याउ खेतीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजनामा

१२ वर्ष देखी रेडियो सेट मर्मतमा खडक बहादुर! 

तर्कराज भट्ट, फागुन १ । डडेल्धुराका खडक बहादुर ठकुराठी १२ वर्षदेखि रेडियो मर्मत गर्दै आइरहेका छन्। डिजिटल माध्यमको बाढीमा पनि रेडियोको विश्वसनीयता