डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
डडेल्धुरा, कार्तिक १४। नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ। समूहले शनिबार १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशन गर्न लागेको हो। अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।
कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले आयोजना गरेको अधिवेशनमा सहभागी भएपछि देउवा समूहले जिल्ला उपसभापति डिल्लीराज जोशीलाई अधिवेशनको संयोजक बनाएको थियो।
अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित ¥याली निकालेको थियो। त्यसपछि सभाहलमा अधिवेशनको प्रक्रिया अघि बढाइएको हो।
यस समूहले गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो। सोही क्रममा कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जनाको उद्धार
बाजुरा, कार्तिक १४। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत
भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु
डडेल्धुरा, कार्तिक १४। भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ।
करोडौँ लगानीका सङ्ग्रहालय प्रयोगविहीन
कैलाली, कात्तिक १४। कैलाली र कञ्चनपुरमा करोडौँ रुपियाँको लागतमा निर्माण गरिएका सङ्ग्रहालय भवन सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेका छन् ।











प्रतिकृया दिनुहोस