डडेल्धुरामा वार्षिक १२ हजार केजी च्याउँ उत्पादन हुँदै
डडेल्धुरा : प्रथम च्याउ दिवसको अवसरमा डडेल्धुरामा च्याउ खेतीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजनामा सम्पन्न कार्यक्रममा च्याउ उत्पादन, बजार सम्भावना तथा कृषकको भूमिका बारे छलफल गरिएको थियो। कार्यक्रमका सहभागि कृषक प्रशाद दत्त अवस्थीले च्याउ खेतीबाट राम्रो आम्दानी भइरहेको र बजारको कुनै समस्या नदेखिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र प्रशाद पनेरुले जिल्लामा च्याउ खेतीको अवस्था बारे जानकारी गराउँदै आर्थिक वर्ष २०८१÷८२ मा ४० वटा टनेलमार्फत १२ हजार किलो च्याउ उत्पादन भएको जानकारी दिनुभयो। उहाँका अनुसार डडेल्धुरामा हाल सिताके,कन्या र गोब्रे गरी तिन किसमको च्याउ उत्पादन हुन्छ । च्याउ खेती विस्तारको राम्रो सम्भावना रहेको उहाँले बताउनु भयो । अन्य खेतीको तुलनामा छिटो उत्पादन लिन सकिने, न्यून जमिन र सीमित कृषि सामग्री प्रयोग गरेर पनि उत्पादन सम्भव हुने तथा नेपालको भौगोलिक र जलवायु विविधताका कारण वर्षभरि उत्पादन गर्न सकिने भएकाले च्याउ खेती रोजगार सृजना, कृषि अर्थतन्त्रमा योगदान, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु कोईरालाले डडेल्धुरामा कृषि बजार प्रवद्र्धनका लागि सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले कृषकलाई उत्पादनतर्फ प्रोत्साहन गर्न सके कृषि क्षेत्रले थप गति लिने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारी रहनु भएको थियो। कार्यक्रमले डडेल्धुरामा च्याउ खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाउन सकारात्मक सन्देश दिएको सहभागिहरुले बताएका छन्।सरकारले १५ पुस देखि औपचारिक रूपमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाउन सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष ११ पुसमा गरेको निर्णय अनुसार हरेक वर्ष १५ पुसलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।
सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मर्कामा
कञ्चनपुर, साउन १३ । स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका
असिग्राम आधारभुत विद्यालयमा बिषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या
डडेल्धुरा : डडेल्धुरा को असिग्राम आधारभुत विद्यालयमा बिषयगत शिक्षक नहुँदा समस्या भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित सो विद्यालयमा बिषयगत
१२ वर्ष देखी रेडियो सेट मर्मतमा खडक बहादुर!
तर्कराज भट्ट, फागुन १ । डडेल्धुराका खडक बहादुर ठकुराठी १२ वर्षदेखि रेडियो मर्मत गर्दै आइरहेका छन्। डिजिटल माध्यमको बाढीमा पनि रेडियोको विश्वसनीयता









प्रतिकृया दिनुहोस