सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु
काठमाण्डौ, कात्तिक १९ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री शुरु गरेको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा किन्नेहरुको लामो लाइन लागेको छ । राष्ट्र बैंकले यसअघि सार्वजनिक सूचना निकालेर बैंकको टक्सार महाशाखा बबरमहलबाट आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री वितरण हुने जानकारी गराएको थियो ।
त्यसअनुसार सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म असर्फी र सिक्का लिन सक्नेछन् । प्रतिव्यक्ति साढे २ ग्राम सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका लक्ष्मी र गणेश अङ्कित सिक्का एकरएक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी तथा सिक्का खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित आफै उपस्थित हुनुपर्नेछ ।
खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन् । सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन–चाँदीका सिक्का खरिद गर्दा सुन–चाँदीको प्रचलित बजार भाउभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।
आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट
काठमाण्डौ, कात्तिक १९ । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले
बैतडीका गाउँगाउँमा फैलिँदै अनलाइन ठगीका घटना
बैतडी, कात्तीक १९ । मोबाइल बैंकिङ ह्याक, चिठ्ठा परेको प्रलोभन र अनलाइन सामान बिक्रीको बहानामा बैतडीमा ठगीका घटना बढ्दै गएका छन् । अपरिचित लिंक, सामाजिक
बाजुरामा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार
बाजुरा, कार्तिक १९ । बाजुरामा स्वास्थ्यमा जटिल समस्या देखिएकी एक सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । जिल्ला प्रशासन










प्रतिकृया दिनुहोस