कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित
कञ्चनपुर, मंसिर ३। परम्परागत रुपमा धान, गहुँलगायतका खाद्यान्न बाली लगाउँदै आएका कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् ।
अन्य बालीको तुलनामा दोब्बर आम्दानी हुने भएपछि किसान उखु खेतीमा आकर्षित भएका हुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का धनसिंह ठगुन्नाले उखु खेतीबाट दोब्बर आम्दानी हुने देखिएको बताउनुभयो ।
उहाँले उखु खेतीबाट उत्पादन लिन सके बजारको समस्या नहुने र एकै पटक राम्रो प्रतिफल लिन सकिने भएकाले उखु खेतीमा लागेको बताउनुभयो । दुई बिघा जग्गाबाट खेती सुरु गर्नुभएका उहाँले अहिले १२ बिघा जग्गा भाडामा लिएर उखु खेती गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार पहिलो वर्ष उखु रोपेपछि त्यसको जराबाट पलाउने मुनाबाट दोस्रो र तेस्रो सिजनमा पनि उत्पादन लिन सकिने भएकाले हरेक वर्ष नयाँ रोपाइँ गर्नुपर्ने झन्झट हुँदैन । त्यसबाट खेतीको लागत घटाउनाका साथै आम्दानी बढाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
उत्पादन गरेको उखु बेलौरीस्थित महाकाली सुगर मिलमा बिक्री हुने गरेको छ । मिलले उखु किसानलाई प्रोत्साहन गर्दै बीउ र कीटनाशक औषधी उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । उहाँले प्रति कट्ठा वार्षिक रु दुई हजारका दरले १२ बिघा जग्गा भाडामा लिएर खेती गरिरहेको बताउनुभयो ।
स्थानीय किसान तारा महरा तीन वर्षदेखि व्यावसायिक उखु खेतीमा लाग्नुभएको छ । उहाँले सिजनमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेको बताउनुभयो । कृषि ज्ञान केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार जिल्लामा पाँच हजार ६६० हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ ।
विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
डडेल्धुरा: विद्यार्थीहरूमा बीमासम्बन्धी ज्ञान, चेतना र आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा दुईवटा
काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
काठमाण्डौ, मंसिर २ । सङ्घीय राजधानी काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ
बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
बाजुरा, मंसिर २। बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा लगाइँदै आएका कागुनो, झुमरो र फापर जस्ता रैथाने अन्नबाली पछिल्लो समय लोप
-

कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित
-

विद्यार्थीमा बीमा सचेतना बढाउन सुदूरपश्चिममा दुई प्रदेशस्तरीय प्रतियोगिता हुँदै
-

काठमाण्डौलाई चौबीसै घण्टा खुला गर्न तयारी तीव्र
-

बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रैथाने बाली लोपोन्मुख बन्दै
-

बैतडीको दशरथचन्द नगरपालिकामा आज स्थानीय सार्वजनिक बिदा






प्रतिकृया दिनुहोस