सुदूरपश्चिमका सहुलियत पसलमा पौने दुई करोडको कारोबार

धनगढी, कात्तिक २९ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिममा सञ्चालन गरिएका सहुलियत पसलबाट एक करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएपछि सहुलियत पसलमा उपभोक्ता लाभान्वित भएका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेसनले असोज १ गतेदेखि सञ्चालन गरेका सहुलियत पसलबाट एक करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो। सुदूरपश्चिमका धनगढी, अत्तरिया, बेलौरी, डडेल्धुरा, दीपायल, बैतडी, महेन्द्रनगर र टीकापुर गरी आठ स्थानमा सहुलियत पसल सञ्चालन गरिएका छन्।

साल्ट ट्रेडिङको प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार सबैभन्दा बढी चिनीको बिक्री भएको छ। एक करोड ४२ लाख ११ हजार ५ सय रुपैयाँको चिनी बिक्री भएको छ। त्यस्तै, ११ लाख ५१ हजार २ सय ८ रुपैयाँको आयोडिनयुक्त नुन र १२ लाख १५ हजार ६ सय ४५ रुपैयाँको तेल बिक्री भएको छ।

यस अवधिमा चिउरा १ लाख ३२ हजार ८ सय ४० रुपैयाँ, चनाको दाल ३ हजार ५ सय रुपैयाँ, मासको दाल ४ हजार ८२ रुपैयाँ, मुगीको दाल १३ हजार २ सय रुपैयाँ र मुसुरोको दाल ९० हजार ४५ रुपैयाँको बिक्री भएको छ। त्यस्तै, लोकल रहरको दाल १ लाख ४१ हजार ५ सय ६० रुपैयाँ र अन्य रहरको दाल १ लाख ८३ हजार ३ सय ९५ रुपैयाँको कारोबार भएको छ।

बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न पाउँदा उपभोक्तालाई चाडपर्वको खर्च व्यवस्थापनमा केही राहत पुगेको छ। विशेषगरी बजारमा महँगो पर्ने चिनी सहुलियत मूल्यमा उपलब्ध भएपछि उपभोक्ताको आकर्षण बढेको साल्ट ट्रेडिङले जनाएको छ। सहुलियत पसल कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछन्।
 

प्रतिकृया दिनुहोस

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत, कात्तिक २९ । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो

काठमाडौं, कात्तिक २९ । स्थानीय तहको चुनावको मिति बारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

काठमाण्डौ, कात्तिक २९ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।  कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म

↑