रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत, कात्तिक २९ । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रारा ताल जाने पर्यटक बोकेर जाँदै गरेको बा १७ च १८६४ नम्बरको स्कोरपियो आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब एक सय मिटर अगाडि दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनाका बेला स्कोरपियोमा पाँच जना सवार थिए। तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रवीराज थपलियाका अनुसार घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउने तयारी भइरहेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका सहुलियत पसलमा पौने दुई करोडको कारोबार

धनगढी, कात्तिक २९ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सुदूरपश्चिममा सञ्चालन गरिएका सहुलियत पसलबाट एक करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलायो

काठमाडौं, कात्तिक २९ । स्थानीय तहको चुनावको मिति बारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

काठमाण्डौ, कात्तिक २९ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।  कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म

↑