बडादसैँको चौथो दिन पनि टीका लगाइँदै

काठमाडौं, कार्तिक ७। विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । 

आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइँदै छ ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी रहेको थियो । त्यसैले विजया दशमीको दिन टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर टीका थापिरहेका छन् ।

बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।
 

प्रतिकृया दिनुहोस

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा, कार्तिक ७ । जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि

पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाण्डौ, कात्तिक ७ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण आयोगका अध्यक्ष प्रा। डा। सृजना श्रेष्ठले

पाँचवर्षे कार्यकालको अन्तिम वर्षमा जनप्रतिनिधिः के के गरे ?

डडेल्धुरा, कात्तिक ७ । डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह छन् । यी सातवटै स्थानीय तह ५२ वटा वडामा विभाजित छन् । सात

↑