डडेल्धुरामा चौथो जय भूवन कप क्रिकेट यही कार्तिक १७ देखी हुँदै

डडेल्धुरा, कात्तिक ६। जय भूवन युवा क्लब नवदुर्गा –१ ऐरोडा डडेल्धुराको आयोजनामा चौथो संस्करणको जय भूवन कप जिल्ला स्तरीय खुला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता यही कार्तिक १७ गतेदेखि २२ गतेसम्म नवदुर्गा गाउँपालिका–१ स्थित खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। नवदुर्गा गाउँपालिकाको मुख्य प्रायोजनमा आयोजना हुन लागेको प्रतियोगितामा जिल्लाका विभिन्न टिमले सहभागिता जनाउनेछन्।

प्रतियोगिताको विजेता टिमले १ लाख १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ। यस्तै, उपविजेता टिमले ८० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ।

आयोजकका अनुसार प्रतियोगिताका उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, म्यान अफ दि सिरिजलाई ८ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिनेछ।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने म्यान अफ दि म्याचलाई समेत १ हजार रुपैयाँ नगदले सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

पेन्टिङबाट आत्मनिर्भर बन्दै डडेल्धुराका युवा, मासिक २५ हजारसम्म आम्दानी

डडेल्धुरा, कात्तिक ६ । रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला डडेल्धुराका केही युवा भने आफ्नै ठाउँमा पेन्टिङको काम गरेर आम्दानी गर्न थालेका

बझाङमा ४८ वर्षीय पुरुष १२ दिनदेखि बेपत्ता

बझाङ, कात्तिक ६ । बझाङको बित्थडचिर गाउँपालिकाका एक पुरुष बेपत्ता भएका छन्। बित्थडचिर गाउँपालिका–८, जालिड उस्कला निवासी ४८ वर्षीय प्रयागराज अवस्थी

पीएचपीमा सुरक्षा कमजोरी भेटिएपछि बैंकहरु पनि सतर्क

काठमाण्डौ, कात्तिक ६ । ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सतर्क भएका छन्

↑