गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’ परिचालन

कञ्चनपुर, असोज ३१ । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ ।

अल्फा र डेल्टा नामका कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्ष बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा परिचालन गरिन लागेको हो । अल्फाले लागूऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार, दुवै तालिमप्राप्त कुकुर गड्डाचौकी गुल्ममै रहनेछन् । आवश्यकता अनुसार उनीहरूलाई सीमा क्षेत्रमा सुरक्षा जाँच तथा निगरानीका लागि परिचालन गरिने सशस्त्रले जनाएको छ ।

लागूऔषधको समस्या कञ्चनपुरमा जटिल बन्दै गएको अवस्थामा तालिमप्राप्त कुकुर परिचालनले नियन्त्रणको प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले सशस्त्र प्रहरीले राम्रो कामको सुरुवात गरेको बताए । उनले कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएको र भारतबाट लागुऔषध ल्याउने क्रम बढ्दो रहेकाले तालिमप्राप्त कुकुर परिचालनले केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको बताए । मानिसले पहिचान गर्न नसकेका शंकास्पद वस्तु तथा पदार्थ कुकुरले पत्ता लगाउन सक्ने भएकाले यो प्रभावकारी कदम भएको उनको भनाइ छ ।

भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा हुने आवतजावतलाई सुरक्षित बनाउनुका साथै लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रणमा कुकुर परिचालनले सहयोग पुग्ने छ ।

तालिमप्राप्त कुकुरको नियमित परिचालनले सीमा क्षेत्रमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र शंकास्पद वस्तु पहिचान गर्न सहज हुने सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

कांग्रेस सभापति गगन थापाद्धारा शपथ ग्रहण

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक

गाउँघरमा दसैंको रौनक बढाउने पिङ संस्कृति ओझेलमा पर्दै

डडेल्धुरा, असोज ३१ । दसैं नजिकिँदै गर्दा गाउँघरमा बाँसको लिंगो गाड्ने र बाबियोको लठ्ठा बाटेर पिङ हाल्ने चटारो हुन्थ्यो । पिङ बनाउन युवायुवतीदेखि

असोज शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

काडमाण्डौ, असोज ३१। नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक

↑