पीएचपीमा सुरक्षा कमजोरी भेटिएपछि बैंकहरु पनि सतर्क
काठमाण्डौ, कात्तिक ६ । ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सतर्क भएका छन् ।
सम्भावित साइबर आक्रमणबाट ग्राहकको विवरण र बैंकिङ प्रणालीलाई सुरक्षित राख्न जोखिमको अध्ययन, प्राविधिक जाँच तथा सुरक्षा सुधारको काम अघि बढाइएको विभिन्न बैंकले निकालेको सूचनामा उल्लेख छ । सुरक्षा जोखिमलाई ध्यानमा राख्दै ग्लोबल आईएमई, एनआईसी एशिया, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबी, महालक्ष्मी विकास बैंकलगायतले सूचना निकालेर आवश्यक प्राविधिक सुधार तथा मर्मतसम्भार भइरहेको जनाएका छन् ।
बैंकसँग ग्राहकको व्यक्तिगत विवरण छ । यी विवरण र डिजिटल कारोबारलाई सुरक्षित राख्ने प्रयास भइरहेको ती बैंकहरुले जनाएका छन् । बैंकहरूले आफ्ना सबै सेवा जस्तै, एटीएम वा अन्य बैंकिङ कार्य बन्द भने गरेका होइनन् ।
संक्रमणकालीन समयमा आउन सक्ने शंकास्पद म्यासेज र लिङ्कहरूबाट सतर्क रहन साइबर सुरक्षा विज्ञहरूले सुझाव दिएका छन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी भेटिएपछि नेपालसहित विभिन्न देशका सरकारी कार्यालय, बैंक, अस्पतालसहित अन्य सेवाले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन् ।
साथै नेपालको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले ‘अत्यन्त जरुरी एड्भाइजरी’ जारी गर्दै सबै सरकारी, वित्तीय तथा निजी संस्थाहरूलाई आफ्ना वेबसाइट र प्रणालीहरू सुरक्षित संस्करणहरूमा विस्तार गर्न निर्देशन दिएको छ ।
पेन्टिङबाट आत्मनिर्भर बन्दै डडेल्धुराका युवा, मासिक २५ हजारसम्म आम्दानी
डडेल्धुरा, कात्तिक ६ । रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला डडेल्धुराका केही युवा भने आफ्नै ठाउँमा पेन्टिङको काम गरेर आम्दानी गर्न थालेका
बझाङमा ४८ वर्षीय पुरुष १२ दिनदेखि बेपत्ता
बझाङ, कात्तिक ६ । बझाङको बित्थडचिर गाउँपालिकाका एक पुरुष बेपत्ता भएका छन्। बित्थडचिर गाउँपालिका–८, जालिड उस्कला निवासी ४८ वर्षीय प्रयागराज अवस्थी
डडेल्धुरामा चौथो जय भूवन कप क्रिकेट यही कार्तिक १७ देखी हुँदै
डडेल्धुरा, कात्तिक ६। जय भूवन युवा क्लब नवदुर्गा –१ ऐरोडा डडेल्धुराको आयोजनामा चौथो संस्करणको जय भूवन कप जिल्ला स्तरीय खुला टी–२० क्रिकेट










.jpeg)
प्रतिकृया दिनुहोस