मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै
काठमांडौ, कात्तिक ६ । दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।
खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार अस्ति विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ ।
कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ ।
बझाङमा ४८ वर्षीय पुरुष १२ दिनदेखि बेपत्ता
बझाङ, कात्तिक ६ । बझाङको बित्थडचिर गाउँपालिकाका एक पुरुष बेपत्ता भएका छन्। बित्थडचिर गाउँपालिका–८, जालिड उस्कला निवासी ४८ वर्षीय प्रयागराज अवस्थी
डडेल्धुरामा चौथो जय भूवन कप क्रिकेट यही कार्तिक १७ देखी हुँदै
डडेल्धुरा, कात्तिक ६। जय भूवन युवा क्लब नवदुर्गा –१ ऐरोडा डडेल्धुराको आयोजनामा चौथो संस्करणको जय भूवन कप जिल्ला स्तरीय खुला टी–२० क्रिकेट
पीएचपीमा सुरक्षा कमजोरी भेटिएपछि बैंकहरु पनि सतर्क
काठमाण्डौ, कात्तिक ६ । ‘पीएचपी’ प्रविधिमा गम्भीर साइबर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था पनि सतर्क भएका छन्










.jpeg)
प्रतिकृया दिनुहोस