टीका र जमरासँगै डडेल्धुरामा दसैँको रौनक
डडेल्धुरा, कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादसैँ आज डडेल्धुरासहित देशभर हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका अवसरमा डडेल्धुराका घरघरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। दसैँका अवसरमा परिवारका सदस्य, आफन्त र इष्टमित्रबीच भेटघाट तथा शुभकामना आदानप्रदान भइरहेको छ।
रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरू दसैँ मनाउन घर फर्किएपछि गाउँघरमा चहलपहल बढेको छ। लामो समयपछि परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गर्न पाउँदा स्थानीयवासीमा खुसी छाएको छ। दसैँले परिवारका सदस्यलाई एकै ठाउँमा भेला गराउनुका साथै आपसी प्रेम, सद्भाव र आत्मीयता बढाउन सहयोग पु¥याएको छ।
डडेल्धुराको अजयमेरु गाउँपालिकाकी स्थानीय जानकी चन्दले दसैँ परिवारका सदस्य तथा आफन्तसँग भेटघाट गर्ने र सुखदुःख साटासाट गर्ने विशेष अवसर भएको बताउनुभयो। उहाँका अनुसार वर्षभरि विभिन्न कामले टाढा रहेका आफन्त दसैँमा घर फर्किने भएकाले परिवारमा खुसीयाली छाउने गरेको छ। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले नयाँ पुस्तालाई समेत आफ्नो संस्कृति र परम्परासँग जोड्ने उहाँको भनाइ छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बडादसैँ असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ। यस पर्वमा दुर्गा भवानीको पूजा आराधना गर्ने, मान्यजनबाट आशीर्वाद लिने र आफन्तसँग शुभकामना साटासाट गर्ने चलन छ। दसैँले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र मेलमिलापको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा
धनगढी, कात्तिक ४ । दसैँको समयमा गाउँघरमा चहलपहल छ भने सहरका कतिपय घर र व्यापारिक प्रतिष्ठान सुनसान छन्। यही मौकामा चोरी, लुटपाट र अन्य आपराधिक गतिविधि
भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग
काठमाण्डौ, कात्तिक ४ । भोटेकोशी र त्रिशूलीमा गएको भदौ १० मा आएको बाढीले बगर बनेका क्षेत्रमा यस वर्षको दशैँ निरस भएको छ । वर्षभरको थकान बिर्सेर आफ्ना
टीका र जमरा लगाएर विजयादशमी मनाइँदै, उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा
काठमाण्डौ, कात्तिक ४ । आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ
-

टीका र जमरासँगै डडेल्धुरामा दसैँको रौनक
-

चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा
-

भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग
-

टीका र जमरा लगाएर विजयादशमी मनाइँदै, उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा
-
.jpeg)
महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला





प्रतिकृया दिनुहोस