चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा
धनगढी, कात्तिक ४ । दसैँको समयमा गाउँघरमा चहलपहल छ भने सहरका कतिपय घर र व्यापारिक प्रतिष्ठान सुनसान छन्। यही मौकामा चोरी, लुटपाट र अन्य आपराधिक गतिविधि हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
प्रदेशका नौवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गर्दै प्रहरीले पाँच हजार सुरक्षाकर्मी परिचालन गरेको छ। व्यक्तिगत तथा पारिवारिक सुरक्षामा ध्यान दिँदै ढुक्कसँग दसैँ मनाउन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईले नागरिकलाई आग्रह गरेका छन्।
उनका अनुसार दसैँ, तिहार र छठलाई लक्षित गरी प्रहरीले गस्ती तथा निगरानी बढाएको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरी, मोबाइल टोली र साइकल गस्तीसमेत परिचालन गरिएको छ। कुनै समस्या परे तत्काल प्रहरीलाई खबर गर्न उनले नागरिकलाई आग्रह गरेका छन्।
चाडपर्वका बेला सवारी दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले प्रहरीले ट्राफिक निगरानी कडा पारेको छ। तीव्र गति, जथाभावी सवारी चलाउने र ट्राफिक नियम उल्लङ्घन गर्ने गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर सवारी नचलाउन पनि डीआईजी भट्टराईले आग्रह गरेका छन्।
त्यस्तै, दसैँ मनाउन घर छाडेर बाहिर जाने परिवारलाई घरको सुरक्षामा विशेष ध्यान दिन प्रहरीले सुझाव दिएको छ। घरबाट निस्कँदा ढोका र झ्याल राम्ररी बन्द गर्ने, बहुमूल्य सामान सुरक्षित राख्ने तथा अपरिचित व्यक्तिको गतिविधिप्रति सतर्क रहन प्रहरीले आग्रह गरेको छ।
टीका र जमरासँगै डडेल्धुरामा दसैँको रौनक
डडेल्धुरा, कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादसैँ आज डडेल्धुरासहित देशभर हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका अवसरमा डडेल्धुराका घरघरमा
भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग
काठमाण्डौ, कात्तिक ४ । भोटेकोशी र त्रिशूलीमा गएको भदौ १० मा आएको बाढीले बगर बनेका क्षेत्रमा यस वर्षको दशैँ निरस भएको छ । वर्षभरको थकान बिर्सेर आफ्ना
टीका र जमरा लगाएर विजयादशमी मनाइँदै, उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा
काठमाण्डौ, कात्तिक ४ । आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ
-

टीका र जमरासँगै डडेल्धुरामा दसैँको रौनक
-

चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा
-

भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग
-

टीका र जमरा लगाएर विजयादशमी मनाइँदै, उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा
-
.jpeg)
महानवमीको दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर भक्तजनका लागि खुला





प्रतिकृया दिनुहोस