भोटेकोशी र त्रिशूली बाढीबाट बगर बनेका क्षेत्रमा दशैँको उत्सव न उमङ्ग

काठमाण्डौ, कात्तिक ४ । भोटेकोशी र त्रिशूलीमा गएको भदौ १० मा आएको बाढीले बगर बनेका क्षेत्रमा यस वर्षको दशैँ निरस भएको छ । वर्षभरको थकान बिर्सेर आफ्ना आफन्तसँग टीका र जमरा थाप्ने उत्साह हुनुपर्ने आजको दिन न उत्सव छ नत कुनै उमङ्ग ।

बाढीले बगाएका घर तथा संरचनाको भग्नावशेष, आफन्त गुमाएको पीडा तथा उजाडिएको बस्ती सुनसान छ । भोटेकोशीको बाढीले घरबारविहीन बनाएका कतिपय अहिले पनि शिविरमा छन् । दशैँ आए पनि यसपालि कुनै उमंग नआएको होल्डिङ सेन्टर तथा अस्थायी टेन्टमा बस्नेहरु बताउँछन् ।

‘परिवार, आफन्त र साथीभाइ सबै सँगसँगै भएको भए पो दशैँको रमाइलो हुन्थ्यो’, नुवाकोटको विदुर नगरपालिका–१० का अष्टमान डंगोल भन्नुहुन्छ,‘ अहिले त गासबास कै चिन्ता छ ।’

नुवाकोटको विदुर–१ त्रिशूलीका केशव श्रेष्ठ पनि विगतका चाडपर्वमा हुने जस्तो रमाइलो यसपाली नरहेको बताउनुहुन्छ । भाडाका कोठामा बसेर दिन काट्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । रसुवा, नुवाकोट र धादिङ बाढीले अति प्रभावित गरेका जिल्ला हुन् ।

धादिङको गल्छी गाउँपालिका–२ का रमेश खतिवडाले पनि विगतमा जस्तो खुसी हुन नसकेको बताउनुहुन्छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका प्रवक्ता अर्जुनप्रसाद डोटेलले  पनि पारिवारिक पुनर्मिलन र आत्मीयताको पर्व दशैँ यसपाली खल्लो रहेको बताउनुभयो ।

बाढीपछि तितरबितर भएका सबै परिवारलाई उचित बासको व्यवस्था गर्न सके पनि ठूलो राहत मिल्ने उहाँको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

टीका र जमरासँगै डडेल्धुरामा दसैँको रौनक

डडेल्धुरा, कात्तिक ४ । नेपालीहरूको महान् पर्व बडादसैँ आज डडेल्धुरासहित देशभर हर्षोल्लासका साथ मनाइँदै छ। विजयादशमीका अवसरमा डडेल्धुराका घरघरमा

चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा

धनगढी, कात्तिक ४ । दसैँको समयमा गाउँघरमा चहलपहल छ भने सहरका कतिपय घर र व्यापारिक प्रतिष्ठान सुनसान छन्। यही मौकामा चोरी, लुटपाट र अन्य आपराधिक गतिविधि

टीका र जमरा लगाएर विजयादशमी मनाइँदै, उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

काठमाण्डौ, कात्तिक ४ । आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ

↑