दसैं र जात्राले बैतडीका सुनसान गाउँमा बढायो चहलपहल

बैतडी, कार्तिक २ । रोजगारी र बसाइँसराइका कारण गाउँघर छाडेर बाहिरिएकाहरू दसैँ र जात्राका लागि आफ्नो थातथलो फर्किन थालेपछि बैतडीका गाउँघरमा चहलपहल बढेको छ। वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको हो।

शिवनाथ गाउँपालिका–५, कफाडीका स्थानीय मीन चन्दका अनुसार दसैँ र जात्रा नजिकिएसँगै रोजगारीका लागि विदेशिएका तथा बसाइँसराइ गरेर अन्यत्र गएकाहरू गाउँ फर्किन थालेका छन्। उनीहरू फर्किएसँगै गाउँघरमा भीडभाड बढेको उनले बताए।

गाउँ फर्किएकाहरूले आफन्त र छिमेकीसँग भेटघाट गर्ने क्रम बढेकाले पनि गाउँघरमा चहलपहल बढेको चन्दले बताए। बसाइँसराइ गरेर अन्यत्र गएका तथा रोजगारीका लागि बाहिरिएकाहरू नवरात्रि, दसैँ र जात्राका बेला हुने देवीदेवताको विशेष पूजाआजा तथा धार्मिक गतिविधिमा सहभागी हुन गाउँ फर्किने गर्छन्।

प्रायः सुनसान रहने गाउँका घरआँगन र स्थानीय बजारमा अहिले आफन्त तथा छिमेकीको बाक्लो उपस्थिति देखिन थालेको छ। जात्राका अवसरमा विशेष पूजाआजासँगै मेला पनि लाग्ने गर्छ। अधिकांश जात्रामा दुई दिनसम्म मेला लाग्ने गरेको स्थानीय बताउँछन्।

जिल्लाको दशरथचन्द नगरपालिकास्थित निङ्गलाशैनी भगवती मन्दिर, पाटन नगरपालिकास्थित उदैदेव मन्दिर र शिवनाथ गाउँपालिकास्थित उदैदेव मन्दिरमा दसैँअघि नै विशेष पूजाआजा र जात्रा हुने गर्छ। यी मन्दिरमा पूजाआजा र मेलासँगै राँगाको बलि दिने प्रचलनसमेत रहेकाले जात्रामा सहभागी हुन बाहिरिएकाहरू गाउँ फर्किने गरेका छन्। रोजगारी र बसाइँसराइका कारण गाउँ छाडेकाले गर्दा गाउँमा करिब २५ प्रतिशत जति मानिस मात्रै रहने गरेको पञ्चेश्वर–२ का स्थानीय मदन चन्दले बताए। 

नवरात्रि, दसैँ र जात्राका लागि गाउँ फर्किएकाहरूले पुराना तथा जीर्ण घरको मर्मतसम्भार र लिपपोत गरेर चिटिक्क पार्ने गरेका छन्। दसैँ बेला गाउँका पुराना घरलाई रातो माटो र कमेरोले लिपपोत गर्ने परम्परा अझै कायम छ। पुरुषहरू खेतबारीको खनजोतमा व्यस्त हुँदा महिलाहरू घर लिपपोत तथा सरसफाइमा जुट्ने गरेका छन्। यसले गाउँघरमा दसैँको रौनक थपिएको छ।

गाउँ फर्किनेको संख्या बढेसँगै स्थानीय बजारमा पनि किनमेल बढेको छ। दसैँ र जात्राका लागि खाद्यान्न, लत्ताकपडा, पूजासामग्रीलगायत दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चहलपहल बढेको स्थानीय व्यापारी राजु तिर्वाले बताए।
 

प्रतिकृया दिनुहोस

अपि हिमालमा पर्यटन उत्सव हुने

दार्चुला, कात्तिक २ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन

काठमाण्डौ, कार्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज काठमाण्डौको नक्साल भगवती,

चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ बन्दै रामारोशन

अछाम, कार्तिक २ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा सहर तथा विदेश पुगेका स्थानीय चाडपर्व मनाउन घर फर्किएपछि अछामको रामारोशन पुग्नेहरूको चहलपहल

↑