गेटामा एमबीबीएस अनुमति खारेज गर्न डा. केसीको माग
काठमाडौं, कार्तिक २ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्न माग गरेका छन् । उनले आफ्ना माग पूरा गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएका छन् ।
सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिनु गैरजिम्मेवार कदम भएको बताएका छन् । यसले चिकित्सा शिक्षाको गुणस्तरमा असर पर्नुका साथै नागरिकको स्वास्थ्य र जीवन जोखिममा पर्न सक्ने उनको भनाइ छ ।
उनले नेपाली आर्मी मेडिकल कलेजलगायत विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय समेत तत्काल खारेज गर्न माग गरेका छन् ।
आयोगका उपाध्यक्ष नियुक्त हुनुअघि नेपाली आर्मी मेडिकल कलेजको प्रिन्सिपल रहेका व्यक्तिको पूर्व संस्थामा सिट वृद्धि गर्ने निर्णयले स्वार्थको द्वन्द्वको प्रश्न उठाएको डा. केसीले बताएका छन् । सिट निर्धारणसम्बन्धी समितिमा उपाध्यक्षका परिवारका सदस्यलाई नियुक्त गरिएको विषयमा समेत निष्पक्ष छानबिन गर्न उनले माग गरेका छन् ।
गेटास्थित शिक्षण अस्पताल अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अवस्थामा शैक्षिक कार्यक्रम सुरु गर्न अनुमति दिनु उचित नभएको उनको भनाइ छ । आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरी अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा निर्धारित मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने उनले बताएका छन् ।
डा. केसीले निर्णय प्रक्रियामा संलग्न चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीको भूमिकाबारे निष्पक्ष छानबिन गर्न तथा स्वार्थको द्वन्द्व देखिएका र अयोग्य पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेका छन् ।
त्यसैगरी, २०८३ साउन ११ गते सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् । आफ्ना माग एक साताभित्र सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिँदै डा. केसीले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
अपि हिमालमा पर्यटन उत्सव हुने
दार्चुला, कात्तिक २ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन
काठमाण्डौ, कार्तिक २ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज काठमाण्डौको नक्साल भगवती,
चाडबाडमा घुमफिर गर्नेहरूको रोजाइ बन्दै रामारोशन
अछाम, कार्तिक २ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा सहर तथा विदेश पुगेका स्थानीय चाडपर्व मनाउन घर फर्किएपछि अछामको रामारोशन पुग्नेहरूको चहलपहल











प्रतिकृया दिनुहोस