गाउँघरमा दसैंको रौनक बढाउने पिङ संस्कृति ओझेलमा पर्दै
डडेल्धुरा, असोज ३१ । दसैं नजिकिँदै गर्दा गाउँघरमा बाँसको लिंगो गाड्ने र बाबियोको लठ्ठा बाटेर पिङ हाल्ने चटारो हुन्थ्यो । पिङ बनाउन युवायुवतीदेखि बुढापाकासम्म जुट्थे । कसैले वनबाट बाबियो ल्याउँथे, लठ्ठा बाट्थे, कसैले बाँसको जोहो गर्थे । पिङ हालिसकेपछि त्यसको रौनक छुट्टै हुन्थ्यो । दसैं मनाउन सहर, भारत तथा विदेशबाट घर फर्किनेहरूका लागि पनि पिङ खेल्नु पर्वको एउटा विशेष आकर्षण मानिन्थ्यो ।
तर अहिले डडेल्धुराका गाउँघरमा दसैं–तिहारको त्यही रौनक कम हुँदै गएको छ । पिङ हाल्ने र खेल्ने परम्परा क्रमशः ओझेलमा पर्दै गएको छ । गाउँलेलाई एउटै ठाउँमा भेला गराउँथ्यो पिङले तर पछिल्ला वर्ष यस्ता दृश्य ग्रामीण क्षेत्रमा कम देखिन थालेका छन् ।
डडेल्धुराका ग्रामीण बस्तीमा पिङ हाल्ने चलन कम हुँदै गए पनि सदरमुकामको टुँडिखेलमा भने स्थानीयले बाँस ल्याएर पिङ बनाएका छन् । चाडपर्वका बेला बालबालिकाले रमाइलो गर्न सकून् भन्ने उद्देश्यले स्थानीय मिलेर बनाएको पिङले परम्परालाई निरन्तरता दिने प्रयास गरेको छ ।
अमरगढी नगरपालिका–५ की लक्ष्मीदेवी साउदलाई पहिलेको दसैं सम्झिँदा अहिलेको अवस्थासँग तुलना गर्न मन लाग्छ । उनका अनुसार दसैं आउनुअघि साथीसँगी मिलेर बाबियो लिन जाने र पिङ बनाउने चलन थियो । पिङ बनाउन र खेल्न गाउँका मानिसमा छुट्टै उत्साह हुन्थ्यो । अहिले भने त्यस्तो चलन हराउँदै गएको छ ।
पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् ।
दसैंमा पिङ खेल्ने चलनसँग एउटा पुरानो मान्यता पनि जोडिएको छ । वर्षमा एकपटक भए पनि धर्ती छोड्नुपर्छ । यही मान्यताका कारण दसैंका बेला पिङ खेल्न मानिसहरू उत्साहित हुन्थे । पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् ।
अमरगढी–५ की गीता भण्डारी पनि दसैंको पुरानो रौनक घट्दै गएको बताउँछिन् । अहिले चाडपर्वको उत्सव टीका, जमरा र पूजापाठमा बढी सीमित हुँदै गएको उनको अनुभव छ ।
अजयमेरु गाउँपालिका–६ का अमर खड्काले पनि पहिले र अहिलेको दसैंमा धेरै फरक आएको बताए । पहिले गाउँघरमा पिङ हुने र दसैंका बेला मानिसहरू खेल्न भेला हुने गरेको उनी सम्झन्छन् । अहिले भने गाउँमा पिङ देख्न मुस्किल हुँदै गएको उनको भनाइ छ । चाडपर्व मनाउने तरिकामा आएको परिवर्तनसँगै पुराना परम्परा पनि कमजोर बन्दै गएको उनले बताए ।
पिङ संस्कृति कमजोर हुनुमा बदलिँदो जीवनशैली र मनोरञ्जनका माध्यममा आएको परिवर्तनलाई पनि स्थानीयले जोड्ने गरेका छन् । पहिले फुर्सदको समयमा सार्वजनिक स्थलमा भेला भएर रमाइलो गर्ने चलन थियो । अहिले मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल सामग्रीले मनोरञ्जनका नयाँ विकल्प दिएका छन्। यसले मानिसको समय बिताउने तरिका परिवर्तन गरेको छ । प्रविधिको प्रयोग आफैंमा समस्या नभए पनि त्यससँगै सामूहिक रूपमा मनाइने चाडपर्वका गतिविधिप्रतिको चासो घट्नुले पुराना परम्परा प्रभावित भएका छन् ।
अमरगढी–१० का ७० वर्षीय केशव सिंह ऐरका लागि पिङसँग जोडिएका सम्झना आफ्नो पुस्ताको दसैंसँग जोडिएका छन् । उनी पहिले वनबाट बाबियो ल्याएर लठ्ठा बनाउने, साथीभाइसँग मिलेर पिङ हाल्ने र दसैंभरि रमाइलो गर्ने गरेको सम्झन्छन् । अहिले त्यस्तो चलन कम हुँदै गएकोमा उनी चिन्तित छन् । पिङ बनाउने सिप र त्यससँग जोडिएका अभ्यास नयाँ पुस्तामा हस्तान्तरण नहुँदा परम्परालाई निरन्तरता दिनसमेत चुनौती थपिएको उनको भनाइ छ ।
संस्कृतिका जानकार मुरलीधर अवस्थी प्रविधिको विकाससँगै अघिल्लो पुस्ताले अवलम्बन गर्दै आएका संस्कार र संस्कृतिप्रति पछिल्लो पुस्ताको चासो घट्दै गएको बताउँछन् । उनका अनुसार पिङ नेपाली समाजमा परापूर्वकालदेखि चलिआएको परम्परा हो । यसको सम्बन्ध मनोरञ्जनसँगै सामाजिक र सांस्कृतिक जीवनसँग पनि जोडिएको छ। तर पछिल्लो समय पिङ खेल्ने चलनप्रति मानिसको आकर्षण घट्दै गएको उनले बताए । गाउँमा उत्साह थप्ने पिङ आगामी पुस्ताका लागि सम्झनामा सीमित हुने जोखिम बढेको उनले बताए ।
बेपत्ताका परिवारमा छैन दसैँको खुसी
बाजुरा, कात्तिक १ । बाजुरामा दसैँको चहलपहल बढ्दै गए पनि १७ परिवारमा भने यस पटकको दसैँको कुनै रौनक छैन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा यहाँका
उग्रतारा भगवती मन्दिरमा महाअष्टमी मेला
डडेल्धुरा : आइतबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट
गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’ परिचालन
कञ्चनपुर, असोज ३१ । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार
-

चाँडपर्व लक्षित डडेल्धुरामा चेकजाँचमा तिव्रता
-

१५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय, २० वर्षदेखि डडेल्धुरामा व्यापार गर्दै द्रोपती चौधरी
-

डडेल्धुराका किसानलाई दसैँमा पनि धान भित्र्याउने चटारो
-

दसैँ सुरु भएसँगै गाउँघरमा फर्किनेको चहलपहल बढ्यो
-

सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सम्पन्न






प्रतिकृया दिनुहोस