गाउँघरमा दसैंको रौनक बढाउने पिङ संस्कृति ओझेलमा पर्दै

डडेल्धुरा, असोज ३१ । दसैं नजिकिँदै गर्दा गाउँघरमा बाँसको लिंगो गाड्ने र बाबियोको लठ्ठा बाटेर पिङ हाल्ने चटारो हुन्थ्यो । पिङ बनाउन युवायुवतीदेखि बुढापाकासम्म जुट्थे । कसैले वनबाट बाबियो ल्याउँथे, लठ्ठा बाट्थे, कसैले बाँसको जोहो गर्थे । पिङ हालिसकेपछि त्यसको रौनक छुट्टै हुन्थ्यो । दसैं मनाउन सहर, भारत तथा विदेशबाट घर फर्किनेहरूका लागि पनि पिङ खेल्नु पर्वको एउटा विशेष आकर्षण मानिन्थ्यो ।

तर अहिले डडेल्धुराका गाउँघरमा दसैं–तिहारको त्यही रौनक कम हुँदै गएको छ । पिङ हाल्ने र खेल्ने परम्परा क्रमशः ओझेलमा पर्दै गएको छ । गाउँलेलाई एउटै ठाउँमा भेला गराउँथ्यो पिङले तर पछिल्ला वर्ष यस्ता दृश्य ग्रामीण क्षेत्रमा कम देखिन थालेका छन् ।

डडेल्धुराका ग्रामीण बस्तीमा पिङ हाल्ने चलन कम हुँदै गए पनि सदरमुकामको टुँडिखेलमा भने स्थानीयले बाँस ल्याएर पिङ बनाएका छन् । चाडपर्वका बेला बालबालिकाले रमाइलो गर्न सकून् भन्ने उद्देश्यले स्थानीय मिलेर बनाएको पिङले परम्परालाई निरन्तरता दिने प्रयास गरेको छ ।

अमरगढी नगरपालिका–५ की लक्ष्मीदेवी साउदलाई पहिलेको दसैं सम्झिँदा अहिलेको अवस्थासँग तुलना गर्न मन लाग्छ । उनका अनुसार दसैं आउनुअघि साथीसँगी मिलेर बाबियो लिन जाने र पिङ बनाउने चलन थियो । पिङ बनाउन र खेल्न गाउँका मानिसमा छुट्टै उत्साह हुन्थ्यो । अहिले भने त्यस्तो चलन हराउँदै गएको छ । 

पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् । 

दसैंमा पिङ खेल्ने चलनसँग एउटा पुरानो मान्यता पनि जोडिएको छ । वर्षमा एकपटक भए पनि धर्ती छोड्नुपर्छ । यही मान्यताका कारण दसैंका बेला पिङ खेल्न मानिसहरू उत्साहित हुन्थे । पिङ खेल्न पालो कुर्ने, साथीभाइसँग प्रतिस्पर्धा गर्ने र लामो समयसम्म रमाइलो गर्ने चलन थियो । अहिले भने नयाँ पुस्ताले त्यही परम्परालाई निरन्तरता दिन कम चासो देखाउन थालेको स्थानीय बताउँछन् ।

अमरगढी–५ की गीता भण्डारी पनि दसैंको पुरानो रौनक घट्दै गएको बताउँछिन् । अहिले चाडपर्वको उत्सव टीका, जमरा र पूजापाठमा बढी सीमित हुँदै गएको उनको अनुभव छ । 

अजयमेरु गाउँपालिका–६ का अमर खड्काले पनि पहिले र अहिलेको दसैंमा धेरै फरक आएको बताए । पहिले गाउँघरमा पिङ हुने र दसैंका बेला मानिसहरू खेल्न भेला हुने गरेको उनी सम्झन्छन् । अहिले भने गाउँमा पिङ देख्न मुस्किल हुँदै गएको उनको भनाइ छ । चाडपर्व मनाउने तरिकामा आएको परिवर्तनसँगै पुराना परम्परा पनि कमजोर बन्दै गएको उनले बताए ।

पिङ संस्कृति कमजोर हुनुमा बदलिँदो जीवनशैली र मनोरञ्जनका माध्यममा आएको परिवर्तनलाई पनि स्थानीयले जोड्ने गरेका छन् । पहिले फुर्सदको समयमा सार्वजनिक स्थलमा भेला भएर रमाइलो गर्ने चलन थियो । अहिले मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल सामग्रीले मनोरञ्जनका नयाँ विकल्प दिएका छन्। यसले मानिसको समय बिताउने तरिका परिवर्तन गरेको छ । प्रविधिको प्रयोग आफैंमा समस्या नभए पनि त्यससँगै सामूहिक रूपमा मनाइने चाडपर्वका गतिविधिप्रतिको चासो घट्नुले पुराना परम्परा प्रभावित भएका छन् ।
    
अमरगढी–१० का ७० वर्षीय केशव सिंह ऐरका लागि पिङसँग जोडिएका सम्झना आफ्नो पुस्ताको दसैंसँग जोडिएका छन् । उनी पहिले वनबाट बाबियो ल्याएर लठ्ठा बनाउने, साथीभाइसँग मिलेर पिङ हाल्ने र दसैंभरि रमाइलो गर्ने गरेको सम्झन्छन् । अहिले त्यस्तो चलन कम हुँदै गएकोमा उनी चिन्तित छन् । पिङ बनाउने सिप र त्यससँग जोडिएका अभ्यास नयाँ पुस्तामा हस्तान्तरण नहुँदा परम्परालाई निरन्तरता दिनसमेत चुनौती थपिएको उनको भनाइ छ ।

संस्कृतिका जानकार मुरलीधर अवस्थी प्रविधिको विकाससँगै अघिल्लो पुस्ताले अवलम्बन गर्दै आएका संस्कार र संस्कृतिप्रति पछिल्लो पुस्ताको चासो घट्दै गएको बताउँछन् । उनका अनुसार पिङ नेपाली समाजमा परापूर्वकालदेखि चलिआएको परम्परा हो । यसको सम्बन्ध मनोरञ्जनसँगै सामाजिक र सांस्कृतिक जीवनसँग पनि जोडिएको छ। तर पछिल्लो समय पिङ खेल्ने चलनप्रति मानिसको आकर्षण घट्दै गएको उनले बताए । गाउँमा उत्साह थप्ने पिङ आगामी पुस्ताका लागि सम्झनामा सीमित हुने जोखिम बढेको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

गड्डाचौकी नाकामा सशस्त्रको ‘अल्फा’ र ‘डेल्टा’ परिचालन

कञ्चनपुर, असोज ३१ । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार

कांग्रेस सभापति गगन थापाद्धारा शपथ ग्रहण

काठमाडौं, असोज ३१ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक

असोज शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

काडमाण्डौ, असोज ३१। नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक

↑