गाउँको उत्पादन बजारसम्म पु¥याउनै सकस
बैतडी, असोज १८ । चाडपर्व नजिकिँदै गए पनि बर्सातका कारण अवरुद्ध भएका ग्रामीण सडक समयमै मर्मत हुन नसक्दा बैतडीका ग्रामीण भेगका किसानले उत्पादन बजारसम्म पु¥याउन समस्या झेल्नु परेको छ। सडक अवरुद्ध हुँदा तरकारी तथा अन्य कृषि उपज बारीबाट बजारसम्म पु¥याउन नसकिएको किसानले बताएका छन्।
बारीमा उत्पादन भएका बन्दा, काउली, काँक्रो, फर्सी, पिँडालुलगायतका कृषि उपज बजारसम्म पु¥याउन समस्या भएको पुर्चौडी नगरपालिका–२ का किसान प्रेमबहादुर बमले जानकारी दिनुभयो । सडकको अवस्था सुधार नहुँदा उत्पादन ढुवानी गर्न कठिन भएको उहाँले बताउनुभयो। सुर्नया गाउँपालिका–५ का किसान दलबहादुर विष्टले सडककै समस्याका कारण बारीमा उत्पादन भएको बन्दा बजार पठाउन नसकिएको बताउनुभयो।
चाडपर्वका बेला पहाडबाट तराई र तराईबाट पहाडतर्फ आवतजावत गर्ने यात्रुको सङ्ख्या बढ्ने भए पनि ग्रामीण क्षेत्रका कच्ची सडक समयमै मर्मत नहुँदा यात्रुले समेत सास्ती खेप्नु परेको छ। सिगास गाउँपालिका–३ का स्थानीय चन्द्र धामीले बर्सातका कारण बिग्रिएका सडक समयमै मर्मत नहुँदा आवतजावतमा समस्या भएको बताउनुभयो।
यातायात व्यवसायी राम विष्टले सामान्य समयको तुलनामा चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले ग्रामीण सडकको अवस्था सुधार गर्न ढिलाइ गर्न नहुने बताउनुभयो। सडकको अवस्था कमजोर हुँदा यातायात सञ्चालनमा समेत समस्या हुने उहाँले बताउनुभयो।
यसैबिच चाडपर्वका समयमा जिल्लामा सहज आपूर्ति, यातायात तथा आवतजावत, सडक मर्मतसम्भार, सरसफाइ तथा सुरक्षा व्यवस्थालगायतका विषयमा छलफल भएको छ। प्रमुख जिल्ला अधिकारी मीना अर्यालको संयोजकत्वमा सरकारी, निजी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा बसेको बैठकले बर्सातका कारण अवरुद्ध भएका जिल्लाका सडक सञ्चालन तथा आवश्यक मर्मतसम्भार गर्ने विषयमा निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पाटन नगरपालिका आलु उत्पादनका लागि, दशरथ चन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया, शिवनाथ गाउँपालिका तरकारी उत्पादनका लागि तथा डिलासैनी गाउँपालिका तरकारीसँगै उखु उत्पादनका लागि परिचित रहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख सुशील न्यौपानेले बताउनुभयो। कृषि उपजको उत्पादन बढ्दै गए पनि सडक तथा बजारको पहुँच सहज नहुँदा किसानले उत्पादनको उचित लाभ लिन समस्या हुने गरेको उहाँले बताउनुभयो।
सुदूरपश्चिममा स्वास्थ्य बिमामा आबद्ध हुने नागरिकको संख्या ७ लाख ३२ हजार नाघ्यो
कैलाली, असोज १८। सुदूरपश्चिममा स्वास्थ्य बिमा प्रणालीमा आबद्ध हुने नागरिकको संख्या सात लाख ३२ हजार नाघेको छ। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम
धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,
सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो
काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै











प्रतिकृया दिनुहोस