डडेल्धुराको अजयमेरुमा भलिबल र कराते प्रतियोगिता हुँने
डडेल्धुरा, भदौ ३१ । डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडामा रहेको विरवेताल देवताको जाँतको अवसरमा दोस्रो अजयमेरु महोत्सव आयोजना हुने भएको छ। यही असोज ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने भएको हो।
महोत्सवमा ३५ वर्षमाथिका भेटेरान (दिग्गज) कप भलिबल प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा प्रथम अजयमेरु विद्यालयस्तरीय यू–१८ कराते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
भेटेरान कप भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २५ हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई ७० हजार, द्वितीयलाई ३५ हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, विद्यालयस्तरीय यू–१८ कराते प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १२ हजार र ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
भेटेरान र खुल्ला पुरुष भलिबल प्रतियोगिताका लागि टिम दर्ता असोज ६ गतेसम्म गर्न सकिने आयोजकले जनाएको छ। महोत्सवमा सहभागी हुन इच्छुक खेलाडी तथा टिमलाई समयमै दर्ता गराउन आग्रह गरिएको छ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा
डडेल्धुरा, २७ भदौ : डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरुभएको छ । शनिबारदेखि सञ्चालन भइरहेको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको
डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
डडेल्धुरा, भदौ २५ । डडेल्धुरामा यहि भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद समिति डडेल्धुराले खेलकुदको









प्रतिकृया दिनुहोस