जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको वर्षापछि विद्यालयको आँगनमा चिरा देखिएपछि जोखिम महसुस गर्दै विद्यालय प्रशासनले विद्यार्थीलाई समयअगावै घर पठाएको केही समयमै पहिरो गएर आँगनको पर्खाल भत्किएको हो।
मंगलबार दिउँसो आँगनमा सामान्य चिरा देखिएपछि विद्यालय प्रशासनले थप जोखिम हुन सक्ने आकलन गर्दै कक्षा सञ्चालन रोकेर विद्यार्थीलाई घर पठाएको प्रधानाध्यापक केशवराज पन्तले बताए । विद्यार्थीलाई घर पठाएको केही समयमै पहिरो गएर आँगनको पर्खाल भत्किएको उनले जानकारी दिए ।‘आँगनमा चिरा देखिएपछि जोखिम महसुस गरेर विद्यार्थीलाई दिउँसै घर पठायौं,’ पन्तले भने, ‘नभन्दै केही समयपछि पहिरो गएर पर्खाल भत्कियो ।’ उनका अनुसार विद्यार्थी विद्यालयमै रहेका बेला पहिरो गएको भए दुर्घटना हुन सक्ने अवस्था थियो ।
पहिरोका कारण विद्यालयका केही शैक्षिक उपकरणमा क्षति पुगेको छ । विद्यालय भवनमा भने हालसम्म प्रत्यक्ष क्षति पुगेको छैन । तर आँगन भत्किएपछि भवनसमेत जोखिममा परेको प्रधानाध्यापक पन्तले बताए । थप वर्षा भए पहिरो विद्यालय भवनतर्फ जाने जोखिम रहेको उनको भनाइ छ ।
कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयको आँगन तथा पर्खाल भत्किएपछि नियमित पठनपाठन सञ्चालनमा समेत समस्या हुन सक्ने देखिएको छ ।
निरन्तरको वर्षाका कारण डडेल्धुराको जनजीवनसमेत प्रभावित भएको छ । वर्षाका कारण विद्यालयका विद्यार्थी, व्यापारी तथा सर्वसाधारणको दैनिक गतिविधिमा असर परेको छ ।
मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराका फिल्ड इन्चार्ज मेघराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा डडेल्धुरामा ३५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । निरन्तर वर्षा भइरहेकाले जिल्लाका पहाडी क्षेत्रमा पहिरोलगायतका विपद्को जोखिम बढेको उनले बताए ।
बजेट शून्यता हटाउन नयाँ बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
डडेल्धुरा,भदौ १७। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेट शून्यताको अवस्था अन्त्य गर्दै प्रदेश सरकारका दैनिक प्रशासनिक कामलाई सहज
डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु
डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु
रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी
काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज
-

बजेट शून्यता हटाउन नयाँ बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
-

डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु
-

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
-

रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी
-

भदौ १० लाई राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग
-

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो
-

सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनियाँ टोली
-

सरकारी विपद् कोषमा ३६ घण्टामा झन्डै २ अर्ब रुपैयाँ सङ्कलन
-

भोटेकोशी बाढीःहालसम्म ३३२ शव फेला, उद्धार जारी
-

डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु

प्रतिकृया दिनुहोस