डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु

डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ।

महिला बालबालिका यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय , युरोपियन युनियनको सहयोग तथा संयुक्त राष्ट्रसंघीय निकायहरू आईएलओ, यूएनएफपीए, युनिसेफ र यूएन वुमेनको सहकार्यमा सञ्चालित शशक्त  ‘महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत प्रशिक्षण आयोजना गरिएको हो।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा सुदुरपश्चिमका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्ररमुख ,प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा तथा महिला बालबालिका शाखाका प्रमुखहरूको सहभागीता रहेको छ।

कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव तथा प्रशिक्षक डा. बैकुण्ठ अर्याल लगायत सार्वजनिक वित्त तथा सामाजिक नीतिसम्बन्धी विज्ञहरूले प्रशिक्षण तथा सहजीकरण गरीरहेका छन ।

स्थानीय तहमा सार्वजनिक स्रोतको प्रभावकारी परिचालन, बजेट तथा वित्तीय व्यवस्थापन, योजना निर्माण र कार्यान्वयनमा जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकास चन्द्र मडैले बताउनु भयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमले स्थानीय तहको वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो

डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको

रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी

काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज

भदौ १० लाई राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

काठमाडौं, भदौ १६ । सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभामा शून्य