सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनियाँ टोली

काठमाण्डौ, भदौ १३ । भोटेकोशी बाढीका कारण रसुवाको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ ।

सरकारको अनुमतिमा ६ जना चिनियाँ विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । उनीहरू चिनियाँ हेलिकप्टरमार्फत् सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेका हुन् । टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरु गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम्तयार अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ ।

सुरुङमा उद्धारका लागि यसअघि आजै भारतबाट आएको ११ सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभयो ।

सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेका बेला सरकारले विदेशी टोली परिचालन गरेको हो । यसअघि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ सुरु गरिसकेको छ ।
 

प्रतिकृया दिनुहोस

डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु

डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो

डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको

रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी

काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज