भदौ १० लाई राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूको माग

काठमाडौं, भदौ १६ । सांसदहरूले रसुवामा गएको विनाशकारी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन् ।

‘सम्माननीय अध्यक्षज्यूमार्फत भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ नेपाली कांग्रेसका सांसद युवराज शर्माले भने ।

उनले विपद्का बेला सबै एकै साथ भएर अगाडि बढ्नुपर्ने पनि बताए ।

‘जे नहुनु थियो भइसक्यो । अब खोजी, उद्धार, राहत र पुर्नस्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,’ उनले भनेका छन्, ‘प्रचार भन्दा परिणाममुखी कार्य र सुरक्षित व्यवस्थापन आवश्यक छ ।’

नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले पनि राष्ट्रिय शोकको घोषणा गर्न माग गरिन् । ‘एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक कोषणा गर्न माग गर्दछु’ उनले भनिन् ।

धनी र विकसित मुलुकले गरेको गलत कार्यले जलवायु परिवर्तन भएको र यसको असर नेपाल जस्ता मुलुकले भोग्नुपरेको भनेर उनले यो विषयलाई अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन् ।

भदौ १० गते विनाशकारी बाढी भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन् ।

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरसी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २७९ जना घाइते छन् । हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ ।

उद्धार, राहत तथा पुर्नस्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।

यो विपद्को विषय संसद्मा उठाउँदै सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

नेकपाका सांसद सुरेशकुमार आलेमगरले विश्वका धनी र सम्पन्न मुलुकहरूले सिर्जना गरेको भूमण्डलीय वाष्पीकरण र जलवायु परिवर्तनका कारण यस्ता बेमौसमी प्राकृतिक प्रकोपका घटनाहरू हुने बताए । तर यस्ता घटनाहरूको दूष्परिणाम भोग्न र पीडित हुन नेपाल जस्ता गरीब एवं अविकसित देशहरूले परिरहेको बताए ।

यस तथ्यतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस

बजेट शून्यता हटाउन नयाँ बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

डडेल्धुरा,भदौ १७। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेट शून्यताको अवस्था अन्त्य गर्दै प्रदेश सरकारका दैनिक प्रशासनिक कामलाई सहज

डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु

डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो

डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको