सुदूरपश्चिममा ४ वर्षमा ५ सरकार, ३८ मन्त्री

धनगढी, भाद्र ६ । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको करिब चार वर्षको अवधिमा पाँचपटक सरकार फेरीएका छन । राजनीतिक समीकरण फेरबदलसँगै चार जना सांसद मुख्यमन्त्री बनेका छन् भने विभिन्न समयमा ३८ जना सांसदले मन्त्री बन्ने अवसर पाएका छन् । तर, पाँचपटक सरकार फेरबदल हुँदा पनि ९ जना सांसद भने मन्त्री बन्ने अवसरबाट वञ्चित भएका छन ।

साउन २९ गते मुख्यमन्त्री बनेका नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का खगराज भट्टले शुक्रबार तीन मन्त्री र दुई राज्यमन्त्री थप्दै प्रदेश सरकारलाई पूर्णता दिएका छन् । नयाँ सरकार विस्तारसँगै २०७९ सालको निर्वाचनबाट निर्वाचित ५३ जना प्रदेश सभा सदस्यमध्ये चार जना मुख्यमन्त्री र मन्त्री बन्ने सांसदको संख्या ३८ पुगेको छ ।

पाँच पटकको सरकारमा ३८ सांसद मन्त्री बन्दा मन्त्री बन्ने अवसर नपाउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की खेमादेवी विष्ट रहेकी छिन । यस्तै एमालेका ११ जना सांसदमध्ये धर्मराज पाठक मात्रै मन्त्री बन्न पाएनन् । एमालेबाट कोइलीदेवी चौधरी उपसभामुख बनेकी छन् भने अन्य ९ जना मन्त्री भइसकेका छन् ।

प्रदेश सभामा २२ सिटसहित सबैभन्दा ठूलो दल रहेको नेकपाका पनि दुई जना सांसदले अहिलेसम्म मन्त्री बन्ने अवसर पाएका छैनन् । मन्त्री बन्न नपाउनेमा दार्चुलाका मानबहादुर धामी र डोटीका शिवसिंह ओली छन् । नेकपाकै भीमबहादुर भण्डारी भने सभामुखको भूमिकामा छन् ।

१८ जना सांसद रहेको नेपाली कांग्रेसका भने ६ जना सांसद सरकारमा अवसर नपाउने सूचीमा छन् । पाँचपटक सरकार विस्तार हुँदा पनि सरकारमा नसमेटिनेमा दिवानसिंह विष्ट, पदमबहादुर शाही, डम्मरी महरा, गीता चौधरी, ललिता सुनार र तुलसी देवकोटा छन् ।

कांग्रेसका शिवराज भट्ट र पदमुक्त भइसकेका प्रकाशबहादुर देउवा, नेकपाका ओमविक्रम भाट र खुसीराम चौधरीलगायत सांसदले एकभन्दा बढी पटक मन्त्री बन्ने अवसर पाएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रारम्भमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । तर, राजनीतिक समीकरण फेरिएसँगै उनी एक महिनामै पदमुक्त भए । त्यसपछि कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बने ।

शाहले केही महिना सरकार सञ्चालन गरेपछि एमाले र साविक नेकपा माओवादीको समर्थनमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बने ।

सोडारीले पनि लामो समय सरकार चलाउन पाएनन् र करिब तीन महिनामै पदमुक्त हुनुप¥यो । त्यसपछि फेरि एमालेको समर्थनमा कांग्रेसकै कमलबहादुर शाह मुख्यमन्त्री बने । अहिले पुनः राजनीतिक समीकरण फेरिएपछि नेकपाका खगराज भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिकृया दिनुहोस

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुरा, भाद्र ८ । धार्मिक तथा पर्यटकीय क्षेत्रका धरोहर मानिने बडीमालिकामा पूजा सामग्रीसहित बाजुराको सरकारी टोली प्रस्थान गरेको छ । सदरमुकाम

अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै महिलाको मृत्यु

कैलाली, भाद्र ७ । कैलालीको अत्तरियामा बसले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहराको बसले

चिफ्ले झरनामा खसेर बेपत्ता भएका डडेल्धुराका युवक मृत फेला

डडेल्धुरा, भाद्र ७ । कैलालीमा झरनामा खसेर बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त शनिबार दिउँसो