धनगढीका मेयर हमाल नेतृत्वको टोली बडीमालिकातर्फ प्रस्थान

धनगढी, भाद्र ५ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा सरकारी टोली दोस्रो पटक बडीमालिका माताको डोलीसहित बाजुरातर्फ प्रस्थान गरेको छ।

बडीमालिका मन्दिरमा दर्शन तथा विशेष पूजाआजाका लागि टोली परम्परागत विधिअनुसार पदयात्रामा निस्किएको हो। टोलीलाई धनगढी उपमहानगरपालिकाबाट फूलमाला, अबिर तथा पञ्चेबाजासहित धार्मिक तथा सांस्कृतिक विधिपूर्वक बिदाइ गरिएको थियो।

बाजुरामा रहेको बडीमालिका मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। तत्कालीन जुम्ला र डोटी राज्यको पालादेखि विशेष तिथिमा सरकारी पूजा टोली डोली, पञ्चेबाजा र सलामीसहित बडीमालिका जाने परम्परा रहँदै आएको बताइन्छ।

धनगढी उपमहानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै दोस्रो पटक डोलीसहित सरकारी टोली बडीमालिका पठाएको हो। टोलीले बडीमालिका मन्दिरमा विशेष पूजा तथा दर्शन गर्नेछ।

धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको बडीमालिका यात्रा पछिल्लो समय धार्मिक पर्यटनका दृष्टिले समेत महत्वपूर्ण बन्दै गएको छ। परम्परागत डोली यात्रा तथा धार्मिक गतिविधिले सुदूरपश्चिमको ऐतिहासिक संस्कृति र धार्मिक पर्यटनको प्रवद्र्धनमा समेत योगदान पुग्ने बिश्वास गरिएको छ।
 

प्रतिकृया दिनुहोस

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य

महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात

कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय

प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम

बैतडी, भाद्र ५ । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको