बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

बाजुरा, भाद्र ४ । बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल–२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरे। 

२०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता गरी भवन निर्माण सुरुआत गरिएको थियो । निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो । अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा आउन सकेको थिएन । अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ । गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि नागरिकले स्थानीय तहमै स्वास्थ्य सेवा पाउने वातावरण बनेको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । 

यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर रहेका त्यहाँका स्थानीयले थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने आशा व्यक्त गरेका छन् । आधारभूत अस्पताल सञ्चालनमा आएसँगै गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी धाउनुपर्ने बाध्यता घट्दै जाने अपेक्षा गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य

महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात

कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय

प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम

बैतडी, भाद्र ५ । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको